बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

वीरगन्जका अधिकांश भाग डुबानमा

बुधबार, २६ जेठ २०७३, १९ : २८
बुधबार, २६ जेठ २०७३

पर्सा – आज बिहान परेको पानीले वीरगन्ज नगरका अधिकांश वडा डुबानमा परेका छन् । बिहान ३ देखि ५ बजेसम्म परेको अविरल वर्षाको कारण वीरगन्ज उपमहानगरपालिकाको आदर्शनगर, मुर्ली, पानीट्याङ्की, श्रीपुर, नगवा, भिष्वा, इनर्वा, छपकैया, रानीघाट, गोश्वार लगायतका स्थान डुबानमा परेका हुन् ।

वीरगन्जको आदर्शनगरमा वर्षाको पानी पसलभित्र प्रवेश गरेकाकारण लाखौँको क्षति भएको व्यापारीले बताएका छन् । आदर्शनगर एरियामा रहेका पसलभित्र पानी पसेपछि भित्र रहेका इलेक्ट्रोनिक्स, कपडा, खाद्यान्न, सौन्दर्य प्रसाधन लगायतका समान बिग्री लाखौँ रुपैयाँको क्षति भएको व्यापारीले गुनासो गरेका छन् ।

समयमा उपमहानगरपालिकाले नगरभित्र रहेको ढल तथा नाला सफाइ नगर्दा डुबानको समस्या खप्नु परेको वीरगन्जवासीले गुनासो गरेका छन् । नाला सफा नभएको कारण वर्षाको पानीले निकासी पाउन नसकी जिल्ला प्रशासन कार्यालय पर्सासमेत डुबानमा परेको छ । कार्यालयमा तीन फिटसम्म पानी जमेपछि कार्यालय आउने सेवाग्राहीले समस्या खेप्नु परेको छ ।

यस विषयमा वीरगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालासँग बुझ्दा उनले उपमहानगरपालिकाभित्र एडिपी परियोजनाअन्तर्गत सडक, ढल र नाका निर्माण कार्य भइरहेकाले डुबानको समस्या नगरवासीले खप्नु परेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप