बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

‘राष्ट्रिय सहमतिका लागि माओवादी केन्द्र क्रियाशील’: बादल

बुधबार, २६ जेठ २०७३, १९ : ३३
बुधबार, २६ जेठ २०७३

पाल्पा– नेकपा (माओवादी केन्द्र)का नेता रामबहादुर थापा बादलले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न पार्टी क्रियाशील रहेको बताएका छन्  ।

पाल्पाको तानसेनमा आज कार्यकर्तासँगको भेटमा उनले पार्टीको नेतृत्वमा सरकार बनाएर जनताका समस्या हल गर्ने दावी गरे । नेता थापाले माओवादी कमजोर हुँदा जनताका जनजीविका र जनताका मुद्दा कमजोर भएकाले माओवादीको एकता भएको बताए  ।

उनले अहिले माओवादीको पुनर्गठन गरेर नयाँ आधारमा पार्टी निर्माण गरेको र अब माओवादी पार्टी बलियो हुँदै जाने जिकिर गरे  । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप