बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

व्यवसायी हत्याको विरोधमा फुङ्लिङबजार बन्द

बुधबार, २६ जेठ २०७३, १३ : ०७
बुधबार, २६ जेठ २०७३
ताप्लेजुङ, – ताप्लेजुङका एक व्यवसायीको हत्याको विरोधमा सदरमुकाम फुङ्लिङबजार बन्द गरिएको छ । जिल्लाको फुरुम्बु १ निवासी व्यवसायी लालबहादुर खड्काको हत्या भएपछि हत्याको विरोधमा र स्तब्ध बनेका व्यवसायीले शोक मनाउन भन्दै बुधबार ताप्लेजुङ उद्योग वाणिज्य संघले फुङ्लिङ बजार बन्द गराएको हो । उद्योग बाणिज्य संघको बुधबार बिहानै बैठक बसी व्यवसायी खड्काको मृत्युुमा शोक मनाउनभन्दै बुुधकार एक दिन बजार पसल बन्द गर्ने निर्णय गरेको संघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । वाणिज्य संघको उक्त निर्णयसँगै बुधवार बिहानै खुलेका बजार पसलहरु करिव नौ बजे पछिबाट बन्द भएका छन् । खड्काको जघन्य तवरले हत्या भएको भन्दै संघले विज्ञप्तिमार्फत घटनाको अनुसन्धान गरी दोषीउपर कारबाही प्रक्रिया अघि बढाउन स्थानीय प्रशासनसँग माग गरेको छ । फुरुम्बु–१ गाउँमै व्यवसाय सञ्चालन गर्दै आएका खड्काको आफ्नै घरमा सोमबार राती हत्या भएको थियो । मङ्गलबार बिहान मृत फेला पर्दासम्म खड्काको मृत्युको कारण नखुलेको र दिउँसो प्रहरी टोली घटनास्थल पुगेर शवको अवस्था अवलोकन पछि मात्रै हत्या भएको खुलेको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका खड्काको घाँटीमा धारिलो हतियार प्रहार गरिएको र शरीरको अन्य विभिन्न भागमा पनि चोट तथा निलडामहरु रहेको थियो । यता खड्काको बुधवार बिहान जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम गरी सव आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शैलेन्द्रकुुमार यादवले जानकारी दिनुभयो । प्रनाउ यादवले घटनाबारे अनुसन्धान भइरहेको र हाल टेलिफोनको कल डिटेल्स बुझ्ने कार्य भइरहेको बताउनुभयो । यता पोष्टमार्टम रिर्पोटको प्रारम्भिक नतिजाले खड्काको शरीरका बिभिन्न भागमा धारिलो हतियार प्रहारपछि उच्च रक्तश्रावका कारण मृत्यु भएको देखाएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप