बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सरकारद्वारा उपराष्ट्रपतिको चीन भ्रमण स्वीकृत

बुधबार, २६ जेठ २०७३, १३ : ४३
बुधबार, २६ जेठ २०७३

काठमाडौं– सरकारले उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको चीन भ्रमणलाई स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पुनको चीन प्रमण स्वीकृत गरेको हो । पुन यही जेठ २८ गतेदेखि असार २ गतेसम्म चीनको औपचारिकमा जाँदैछन् । बैठकले दोस्रो जनआन्दोलमा घाइते भएकी झापाकी सिन्धु उप्रेतीको उपचारका लागि १६ लाख ५६ हजार रुपैयाँ दिने निर्णय पनि गरेको छ ।

यस्तै बैठकले विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सिंचाई मन्त्रालय र सिंचाई मन्त्रालयका सचिव अनुप उपाध्यायलाई विज्ञान तथा प्रविधि मन्त्रालय सरुवा समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप