बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गैरआवासीय नेपाली संघ र युएन ओमनबीच सम्झौता

बुधबार, २६ जेठ २०७३, १४ : ५४
बुधबार, २६ जेठ २०७३

काठमाडौ–गैरआवासीय नेपाली संघ (एनआरएनए) र संयुक्त राष्ट्र संघीय महिला कार्यक्रम (युएन ओमन) नेपाल कार्यालयवीच महिला शसक्तिकरणमा सहकार्य गर्न सम्झौता भएको छ । दुई बर्षअघि भएको सम्झौतापत्रमा नया“ कार्यक्षेत्र थप गर्दै मंगलवार सम्झौतालाई नविकरण गरिएको छ । सम्झौतापत्रमा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र युएन ओमनका आवासीय प्रतिनिधि जियाद शेखले हस्ताक्षर गरेका छन् । यो सम्झौतामार्फत दुवै संस्थाको स्रोतसाधन र सहकार्यबाट महिला सशक्तिकरण गर्ने तथा महिला सशक्तिकरणको लागि महिला पुरुष संगसंगैको अवधारणलाई अघि बढाउन दुवै संस्था सहमत भएका छन् । गैरआवासीय नेपाली संघले गोरखाको लाप्राकमा निर्माण गर्न लागेको नमुना वस्तीका प्रभावित महिला समुदायको सशक्तिकरण, बिदेश जाने महिला कामदारको सशक्तिकरण लगायतका बिषयहरुमा दुवै संस्थाले मिलेर काम गर्ने नया“ सम्झौतामा उल्लेख छ । कार्यक्रमलाई संवोधन गर्दै युएन ओमनका आवासीय प्रतिनिधि जियाद शेखले संघ र यूएनओमनको सहकार्यको दुई बर्षमा महिला सशक्तिकरण सम्बन्धि कार्यमा केहि उपलब्धी हासिल भएको बताए । दुवै संस्था मिलेर अझै धेरै काम गर्न सकिने सम्भावना भएका कारण सम्झौता नविकरण गरिएको र यसले थप उर्जा र कार्यदिशा तय गर्न मद्दत गरेको उनले वताए । एनआरएनएले निर्माण गर्न लागेको लाप्राक नमूना बस्ती निर्माणमा महिलाको उल्लेखिय तथा निर्णायक सहभागिताको आवश्यकता रहेको वताउ“दै लाप्राकका महिलाहरुको सशक्तिकरणमा यूएन ओमनले आवश्यक सहयोग गर्ने कुरा यस सम्झौतापत्रले सूनिश्चित गरेको उनले जनाए । संघका अध्यक्ष घलेले सहकार्यको महत्व गहन भएको र सहकार्यबाट नै धेरै चूनौतिपूर्ण कार्य सम्पन्न गरिएको वताउ“दै संघ र यूएन ओमनको यस सम्झौतापत्रले स्वदेश तथा विदेशमा रहेका महिलाहरुको सशक्तिकरणमा सहयोग पुराउनेमा आफु विश्वस्त रहेको बताए । हाल विदेशमा पनि नेपाली परिवारहरु माझ घरेलु हिंसा र पति–पत्नीबीचका असमझदारी सार्वजनिक हुन थालेको भन्दै उनले यस्ता घटनाले आफूलाई निकै चिन्तित तुल्याएको वताए । सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बासकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेकोमा दुवै संस्थालाई वधाई दिंदै शुभकामना समेत दिए । महिला सशक्तिकरण महिलाहरुको बिषयमात्रै नभई यो मानवअधिकारको बिषय भएकोले यसप्रति सबैलाई चनाखो रहन अनुरोध गरे । महिला, वालवालिका तथा समाजकल्याण मन्त्रालयका सचिव मधु रेग्मीले गैरआवासीय नेपाली संघले नेपालको चौतर्फि बिकासमा सहभागिता देखाई रहेकोमा धन्यवाद दिंदै संघ र यूएन ओमन बीचको यस सहकार्यको लागि शुभकामना दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप