बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रजातन्त्र सेनानीको निधनमा काँग्रेसको समवेदना

बुधबार, २६ जेठ २०७३, १५ : ०२
बुधबार, २६ जेठ २०७३

काठमाडौँ- नेपाली काँग्रेसले दुईजना प्रजातन्त्र सेनानीको निधनप्रति दुःख व्यक्त गरेको छ । चितवन निवासी प्रजातन्त्र सेनानीद्वय ८७ वर्षीय उमाभद्र खनाल र ८५ वर्षीय खेलानाथ पौडेलको निधनमा काँग्रेसले दुःख व्यक्त गरेको हो ।

खनाल नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम्का पनि सक्रिय योद्धा हुनुहुन्थ्यो । उहाँले २००६ साल पुस ६ गतेको हलो क्रान्ति र विसं २००७ को प्रजातन्त्र स्थापनाको आन्दोलनमा पनि सक्रिय भूमिका खेल्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको शोक वक्तव्यमा उल्लेख छ । खनालले पटक–पटक गरी तीन वर्ष जेल जीवनसमेत बिताउनुभएको थियो । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ ।

अर्का दिवङ्गत प्रजातन्त्र सेनानी पौडेल २००७ सालको क्रान्तिमा सहभागी हुनुभएको काँग्रेसले जनाएको छ । उहाँका श्रीमती, तीन छोरा र तीन छोरी हुनुहुन्छ । खनालको जेठ १६ गते र पौडेलको जेठ १७ गते निधन भएको मुख्यसचिव पौडेलले बताउनुभयो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप