बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बाबुरामको नयाँ शक्ति पार्टी घोषणा सभामा क–कसलाई छ निम्ता ?

बुधबार, २६ जेठ २०७३, १९ : ३६
बुधबार, २६ जेठ २०७३

काठमाडौं– नयाँशक्ति नेपालको जेठ ३० गते काठमाडौंको दशरथ रंगशालामा हुने पार्टी घोषणा कार्यक्रममा देश तथा विदेशबाट नयाँशक्तिका संस्थापक र अतिथिहरु सहभागी हुने जनाएको छ

नयाँशक्ति नेपालका प्रवक्ता एवं प्रचार–प्रसार उपसमितिका संयोजक खिमलाल देवकोटाले पार्टी घोषणामा देश तथा विदेशका संस्थापकहरु सहभागी हुने जानकारी दिए ।

देवकोटाका अनुसार पार्टी स्थापना तथा घोषणासभामा नयाँशक्तिले विभिन्न २५ देशका राजदूत तथा कुटनीतिक नियोगलाई निम्ता पठाएको छ । त्यसैगरी देशका सबै राजनीतिक पार्टीका प्रमुख नेता र सांसदलाई समेत निम्ता गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

नेपाली काँग्रेस, नेकपा एमाले,माओवादी केन्द्र, राप्रपासहित सबै मधेसी दललाई निम्ता पठाईसकिएको नयाँ शक्तिले जनाएको छ । यसैगरी पत्रकार, मानव अधिकारवादी, नागरिक समाजलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलाई पनि निम्तागरिएको प्रवक्ता देवकोटाले जानकारी दिए । नयाँ शक्तिको पार्टी घोषणा दशरथ रंगशालाबाट हुने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप