बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सेयर बजारमा वृद्धि कायमै

बुधबार, २६ जेठ २०७३, १९ : ३७
बुधबार, २६ जेठ २०७३
काठमाडौं–सेयर वजारमा भएको वृद्धि वुधवार पनि कायमै रहेको छ । वुधवार नेप्से परिसुचक १५. ३१ अंकले बढेको छ । बीमा समुहको सेयर कारोवारका कारण यो वृद्धि देखिएको छ । दिनभरमा एक सय ३४ कम्पनीको १६ लाख ५२ हजार ६ सय ३६ कित्ता सेयर खरिद विक्रि भएको छ । सो खरिद विक्रिवाट एक अर्व २९ करोड एक लाख ६ हजार ४ सय ७ रुपैयाँको कारोवार भएको छ । दिनभरमा बीमा समुहको ३ सय ८८ अंले वृद्धि देखिएको छ भने विकास बैंक समूहको १०.८३, जलविद्युत समुहको ९.२५, फाइनान्स कम्पनीहरुको ३.६ र बैंक समुहको २.८२ अंकले वृद्धि देखिएको छ । आज होटल समुहको मात्र सेयर कारोवार घटेको छ । होटल समुहको २७.९१ अंकले कारोवारमा गिरावट आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप