बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भ्रष्ट कर्मचारीले गर्दा इमान्दार कर्मचारी पनि बद्नामः अख्तियार क्षेत्रीय प्रमुख शर्मा

बुधबार, २६ जेठ २०७३, १६ : ५०
बुधबार, २६ जेठ २०७३

राजविराज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वाञ्चल क्षेत्रीय प्रमुख रविन्द्र प्रसाद शर्माले सार्वजनिक पदमा रहि राज्यको ढुकुटीबाट आर्थिक लाभ लिइइरहेका ६० प्रतिशतभन्दा पनि कमै व्यक्ति अख्तियारको कार्य क्षेत्रभित्र रहेको बताएका छन् । राजविराजमा बुधवार अख्तियार दुरुपयोग अनुन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुट्टाले आयोजना गरेको एक दिवशीय अन्तरक्रिया÷गोष्ठी कार्यक्रममा सहभागीहरुबाट आएका गुनासो सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । विभिन्न व्यक्तिहरुको वुझाइ के छ भने अख्तियारले सवैलाई कारवाही गर्छ, उनले भने ‘तर विडम्वनाको विषय त यो हो, ६० प्रतिशतभन्दा पनि कमै अख्तियारको कार्य क्षेत्रभित्र पर्दछ ।’ मुलुकमा आर्थिक सवृद्धि कायम गरी भ्रष्टाचार अन्त्य गर्ने अख्तियारको मुख्य उद्देश्य रहेको भन्दै प्रमुख शर्माले सवै राष्ट्रसेवक कर्मचारी भ्रष्टाचारी होइन्, तर कोहि मात्र भ्रष्टाचारी हामी बीच नै रहेकोले राष्ट्र सेवक कर्मचारी पनि बदनाम भएको बताए । उनले त्यस्तो भ्रष्टाचारीका कारण अहिले सम्पूर्ण कर्मचारीलाई समस्या खेप्नु परिरहेको बताए । कुनै कर्मचारी उपर अख्तियारीमा उजुरी आयो भने अख्तियारको प्रकृयाले अन्य राष्ट्र सेवक कर्मचारीहरुलाई समस्या भएकै हो । उनले भने ‘समस्या कसको कारणले आयो, त्यस्ता भ्रष्टाचारीलाई सचेत गराईयो भने पकै पनि आगामी दिनमा भ्रष्टाचार न्यूनिकरण हुनेछ ।’ उनले भ्रष्टाचार न्यूनिकरण गर्नका लागि सम्पूर्ण कर्मचारीलाई सहयोग गर्न आग्रह समेत गरेका छन् । कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी वलदेव गौतमले सहभागीहरुबाट आएका गुनासो सम्वोधन गर्दै १० रुपियाँ पनि भ्रष्टाचार नै रहेको भन्दै कर्मचारीहरुलाई अतिरिक्त रकम नलिन तथा आफ्नो दायित्व इमान्दारीताका साथ पुरा गर्न आग्रह गरेका छन् । उनले सेवाग्राहीहरुलाई पनि रसिदभन्दा बढि रकम नदिन तथा मागेमा आफु कहाँ तुरुन्त गुनासो गर्ने आउने बताए । अन्तरक्रियामा खानेपानी डिभिजन कार्यालय सप्तरीका प्रमुख लोकेन्द्रप्रसाद यादव, अधिवक्ता देवनारायण यादव, पत्रकारहरु वैद्यनाथ झा, हेमशंकर सिंह र ध्रवकुमार मण्डल, नगरपालिकाका लेखापाल शत्रुधन दास, पथरगाढाका प्रधानाध्यापक देव प्रसाद यादव, जिविसका चन्द्रकला खनाल, कृपानारायण यादव, बालगोविन्द साह, मातृका खतिवडा लगायतले अख्तियारको काम कर्तव्यको बारेमा जिज्ञासा राखेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वाञ्चल क्षेत्रीय प्रमुख शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी गौतम रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप