बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रेस सेन्टरको अध्यक्षमा मल्ल

बुधबार, २६ जेठ २०७३, १६ : ५३
बुधबार, २६ जेठ २०७३

दाङ–प्रेस सेन्टर नेपाल दाङको अध्यक्षमा नौलो जनउभार साप्ताहिकका सम्पादक डिल्ली मल्ल चयन भएका छन् । जिल्लामा रहेका क्रान्तिकारी पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघबीच भएको एकतापछि बनेको प्रेस सेन्टर नेपाल दाङको घोराहीमा भएको पहिलो एकता भेलाले मल्लको अध्यक्षतामा दुई सदस्यपछि थप गर्ने गरी २१ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।

नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश चौधरी, उपाध्यक्षमा दिवाकर पोख्रेल र सन्तोष अधिकारी, सचिवमा पाण्डव शर्मा, सहसचिवमा जनक नेपाली र कोषाध्यक्षमा केशरमान बिसी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा दामोदर बस्नेत ‘राकेश’, उदय बिसी, गिरिराज नेपाली, तुलसीराम ओली, दीपक बोहरा, युगराज पोख्रेल, राजकुमार चौधरी, राजेश चौधरी, शान्तकुमार बुढा मगर, सीमा आचार्य, सुमन ओली र सुशीला ओली रहेका छन् ।

भेलाले केन्द्रीय पार्षदमा डिल्लीराज खड्का, चन्द्र खनाल, सागर खनाल, गोविन्द खड्का, कृष्णप्रसाद शर्मा, श्रीधर भावुक, माधव पोख्रेल, रक्तिम दैलेखी र तुलसीचिन्तक भट्टराईलाई चयन गरेको छ । सेन्टरका सल्लाहकाहरुमा नरेन्द्र केसी, गणेश ओली, लक्ष्मी आचार्य, शारदा शर्मा, नारायण विवश र बिष्णु अधिकारी रहेका छन ।

क्रान्तिकारी पत्रकार संघ दाङका तत्कालीन संस्थापक अध्यक्ष पुरन शर्माको अध्यक्षता एवं प्रेस सेन्टर नेपालका महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य अजयदीप शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय निर्मल आचार्य र रामबहादुर दहित, नेपाल पत्रकार महासंघ दाङका कार्यवाहक अध्यक्ष लक्ष्मी आचार्य, सेन्टरका केन्द्रीय सदस्यहरु नरेन्द्र केसी, तुफान अधिकारी, शारदा शर्मा र अखिल क्रान्तिकारी दाङका अध्यक्ष सन्तोष पोख्रेलले शुभकामना व्यक्त गरेका थिए ।

संगठनका संस्थापक सदस्य कृष्णप्रसाद शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन संस्थापक सदस्य गोविन्द खड्काले गरेका थिए । यही जेठ १९ गते केन्द्रमा दुई संगठनबीच एकता भई प्रेस सेन्टर स्थापना भएपछि एकता भेला गर्ने दाङ पहिलो जिल्ला भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप