बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विप्लव माओवादीले तीनकुनेमा ट्याक्सी जलायो

बिहीबार, २७ जेठ २०७३, ०७ : ०९
बिहीबार, २७ जेठ २०७३

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले राजधानीको तिनकुनेमा एउटा ट्याक्सी जलाएको छ । आज गरिएको बन्दको अवज्ञा गरेको भन्दै माओवादीका कार्यकर्ताहरुले  बिहानै बा १ ज ६२०६ नम्बरको ट्याक्सी जलाएका हुन् । कोटेश्वरबाट कलंकीतर्फ जाँदै जाँदै गरेको ट्याक्सीलाई विप्लवका कार्यकर्ताहरुले यात्रु बनेर ‘कलंकी जानु छ ’ भन्दै तिनकुनेमा रोकेका थिए । लगत्तै ट्याक्सीभित्र पसेर पेट्रोल छर्किँदै उनीहरु भागेका थिए । महानगरीय प्रहरी बृत्त बानेश्वरका इन्सपेक्टर माधव जोशीले उनीहरुले ट्याक्सी चालक मकवानपुरका सुवास परियारलाई बाहिर समेत निस्कन नदिई आगजनी गरेर भागेका थिए । यसैबीच राजधानीका कालीमाटीबाट विप्लव माओवादीका ५ कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेका कार्यकर्ताको रिहाई गरिनुपर्ने, कालोबजारी नियन्त्रण हुनुपर्नेलगायतका माग राख्दै विप्लव माओवादीले आज बन्दको आह्वान गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप