बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विद्युत् पुगेपछि धापुङवासी दङ्ग

बिहीबार, २७ जेठ २०७३, १० : ५०
बिहीबार, २७ जेठ २०७३

म्याग्दी– म्याग्दीको बरङ्जा–९ धापुङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएपछि यहाँका स्थानीय दङ्ग भएका छन् ।

विद्युत् सुविधा भएपछि सहजै बत्ती बाल्न, टेलिभिजन हेर्न, मोबाइल, ल्यापटप चार्ज गर्न, कम्प्युटर चलाउन पाउँदा गाउँले दङ्ग भएका छन् । त्यहाँका बासिन्दाले सौर्य ऊर्जा, टुकी र दियालो प्रयोग गर्दै आएका थिए ।

रु ३५ लाख ३६ हजार लागतमा सम्पन्न विद्युतीकरण योजनाबाट बरङ्जा–९ मा पर्ने धापुङ र महेशगाउँका १०१ घरधुरी लाभान्वित भएको हो ।

नेपाल विद्युत् प्राधिकरण र जिविसको दश÷दश लाख, गाविसको सात लाख ५९ हजार र उपभोक्ताको रु आठ लाख आठ हजार लगानीमा आयोजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष मनबहादुर चोचाङ्गीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप