बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अविरल वर्षाबाट तिलताली प्रभावित

बिहीबार, २७ जेठ २०७३, १० : ५२
बिहीबार, २७ जेठ २०७३
डोटी–बुधबार राति परेको अविरल वर्षाले डोटीको लाटामाडौँको तिलताली पूर्णरुपमा प्रभावित भएको छ । राति करिब ७ बजेदेखि परेको भारी वर्षाले स्थानीय सानासाना खोलामा भेल आउँदा बस्तीभरि पानी छिरेर जलमग्न भएको हो । विगतमा कुनै क्षति नहुने यस क्षेत्रमा यो पटक डढेलोको कारण जङ्गल सखाप भएकाले पानीको गतिलाई थेक्न नसकेर बस्तीमा पसेको हो । पानी घरभित्र पस्दा घरायसी सामान तथा बस्तुभाउ प्रभावित बनेका छन् । पानीले करिब १०० भन्दा बढी घर पूर्णरुपमा प्रभावित बनेका छन् । घटनाको विष्तृत जानकारी नआएकाले मानवीय क्षतिको कुनै विवरण नआएको स्थानीय निलम विकले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप