बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

उदयपुरको ग्रामिण बजारमा म्याद नाघेका सामाग्री

बिहीबार, २७ जेठ २०७३, ११ : २८
बिहीबार, २७ जेठ २०७३

उदयपुर –उदयपुरका ग्रामिण क्षेत्रका बजारहरुमा म्याद नाघेका उपभोग्य समाग्रीहरुको विक्रि वितरण हुने गरेको तथ्य बाहिर आएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरको टोलीले आज गरेको ग्रामिण बजार अनुगमनबाट ठूलो मात्रमा म्याद सकिएका सामाग्रीहरु बरामद गरको हो । रौता गाविसको मुर्कुची बजार र चिलाउने गाविसको सुकौरा बजार अनुगमनको क्रममा चिउरा, विस्कुट, फुरनदाना, सुजी, चिसो पेयपद्धार्थहरु बरामद गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र घिमिरेले जानकारी दिए । ग्रामिण क्षेत्रमा बजारहरुमा म्याद नाघेका खाद्य सामाग्रीहरुको विक्रि वितरण गरेको उपभोक्ताहरुको गुनासो आएकाले अनुगमन टोली खटाएको प्रजिअ घिमिरेको भनाई छ । प्रजिअ घिमिरेले भने ‘छड्के चेक जाँचको क्रममा रौता गाविसको मुर्कुची र चिलाउने गाविसको सुकौराको ४० वटा पसलमा अनुगमन गर्दा १२ वटा पसलहरुमा म्याद नाघेका साम्राग्री पाईएको छ ।’ मुर्कुची स्थित पुरुषोतम किराना पसल, शान्ति किराना पसल, श्रीराम किराना पसल, रेखा एण्ड रोहन लगाएत किराना पसलमा कैफियत भेटिएको प्रशासनले जनाएको छ । अनुगमनका क्रममा बरामद म्याद नाघेका खाद्य सामाग्रीहरु प्रक्रिया पुर्याएर नष्ट गरिएको प्रजिअ घिमिरेले बताए । त्यसैगरी मंगलबार गाईघाट बजारका ११ वटा पसल अनुगमन गरिएको जनाईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप