बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेपाल प्रहरीद्वारा निःशुल्क बस सेवा सञ्चालन (चल्ने रुटसहित)

बिहीबार, २७ जेठ २०७३, १२ : ४०
बिहीबार, २७ जेठ २०७३

काठमाडौं, जेठ २७–यात्रुहरुको सुविधालाई ध्यानमा राखी नेपाल प्रहरीले बिहिबार दुई वटा रुटहरुमा निःशुल्क बस सेवा संचालनमा ल्याएको जनाएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीले बन्दको आह्वान गरेपछि प्रहरीले निशुल्क गाडी सञ्चालनमा ल्याएको हो । सो सुविधा तोकिएको रुटहरुमा बेलुकी ५ बजेसम्म लिन सकिने प्रहरीले जनाएको छ । यस्तो छ रुट रुट नम्बर १– नक्सालबाट पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल एकान्तकुना , बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर सहिदगेट, दरबारमार्ग हुँदै नक्सालसम्म । दोस्रो रुटः नक्सालबाट गौशाला, कोटेश्वर, बबरमहल, माइतीघर शहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक हुँदै नक्सालसम्म ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप