बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एमालेमा आरोप प्रत्यारोप

बिहीबार, २७ जेठ २०७३, १२ : १०
बिहीबार, २७ जेठ २०७३
दाङ – नेकपा एमाले दाङको विवाद चुलिदै जाने संकेतहरु देखापरेका छन् । जिल्ला कमिटीको सचिवालयले कारवाही गरेका व्यक्ति र स्पष्टिकरण सोधिएका सचिवको अगुवाईमा धमाधम एक पछि अर्को निर्णय गर्दै जानुले त्यही संकेत गर्छ । एमाले दाङका इञ्चार्ज मेटमणि चौधरीले अवैध व्यक्ति र कथित पदमा रहेकाहरुले पार्टीलाई नै बदमान गराउने र मुठभेडको स्थिति सृजना गर्न खोजेको आरोप लगाए । कार्यबहाक अध्यक्ष हुकुमबहादुर बस्नेत नेतृत्वको अर्काै समुहले पनि कार्यबहाक अध्यक्ष जोगबहादुर राणालाई जेठ १६ गते नै कारवाही र निलम्वन गरिएकोले उक्त समुह अवैद्य रहेको बताउँछ । तर एमालेका केन्द्रीय सदस्य समेत रहेका अखिल नेपाल महिला संघको नयाँ नेतृत्वलाई स्वागतका लागि मानपुरमा आयोजना गरिएको कार्यक्रममा सहभागिताका लागि आफू लगायत अन्य नेताहरु गएको समयमा भरतपुरमा रहेको पार्टी कार्यालय कव्जा गरेर विभिन्न अवैद्य निर्णयहरु गरेको कुरा संचारमाध्यम माध्यम मार्फत सुन्दा र देख्दा आफूहरु आश्चर्यमा परेको मेटमणि चौधरी बताउँछन् । बस्नेतको समुह आएर कार्यालयमा कार्यालय सचिव रामप्रसाद चौधरी मात्रै रहेको समयमा उनलाई अध्यक्षको कोठाबाट निकालेर बाहिर निकाली अबैद्य रुपमा बैठक बसको चौधरीले बताए । नेकपा एमाले दाङ जिल्ला कमिटीको सचिवालयमा २१ जना रहेकोमा गत जेठ १३ गतेका दिन १२ जनाको बहुमतमा बैठक बसेकोमा मंगलबार स्पष्टिकरण सोधिएका जिल्ला सचिव हुकुम बस्नेत र दुई बर्षका लािग कारवाहीमा परेका पूर्व सचिवालय सदस्य मनोहर बुढाथोकी समेत सात जना बैठक बसेको र त्यो बैठक कुनै पनि अर्थमा बैधानिक नरहेको जिल्ला इञ्चार्ज चौधरीले दाबी गरे । यस्तै दाबी बस्नेत पक्षधरहरुको पनि छ । तर केन्द्रीय सदस्य चौधरी भने जिल्ला अध्यक्ष र जिल्ला इञ्चार्जलाई जानकारी नै नदिएर बस्ने बैठक अबैद्य नै हुने जिकिर गरे । नेकपा एमालेको दुई बर्ष अघि सम्पन्न महाधिवेशनमा तत्कालिन अध्यक्ष नरुलाल चौधरी केन्द्रीय सदस्यको उमेदवार बनेपछि महाधिवेशनले गरेको निर्णयकै आधारमा उपाध्यक्ष जोगवहादुर राना एमाले दाङको अध्यक्ष बनेका थिए । यसविचमा दुबै पक्षले एकले अर्काैलाई दोषारोपन गर्दै हिडेका छन् । एकले अर्काेलाई एमाले दाङलाई विवादित र बदनाम बनाउन खाजेको , गुण्डाराज सञ्चालन गर्न खोजेको, पार्टी हित विपरित काम गरेको, आफना साथिहरुलाई दुस्मन र दुस्मन संग मित्रता गाँसेको जस्ता दोषारोपन गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप