बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

यार्सागुम्बाको मुल्यमा भारी गिरावट, संकलक मारमा

बिहीबार, २७ जेठ २०७३, १२ : २१
बिहीबार, २७ जेठ २०७३
डोल्पा –यसबर्ष बहुमुल्य जडिबुटी यार्सागुम्बाको मुल्यमा भारी गिरावट आयपछि स्थानिय संकलकहरु मारमा परेका छन् । गत बर्षतिर प्रति यार्सागुम्बा न्युनतम पाँच सय देखि पन्ध्र सय सम्ममा कारोबार हुने गरेकोमा यसबर्ष एक सय पचास देखि अधिकतम तिनसय पचाससम्म कारोवार हुने गरेको छ । यार्सागुम्बाको मुल्य ओरालो लागेसंगै बर्षभरीको खर्च कसरी व्यबस्थापनगर्ने भन्ने चिन्ता डोल्पालीहरुमा परेको छ । डोल्पालीहरुका लागि आयआर्जनगर्ने मुख्यस्रोतनै यार्सागुम्बा संकलन रहेको छ । यसै बर्ष यार्सागुम्बाको मुल्य घट्नु,न्युन उत्पादनहुने ठाँउमापनि खडेरीका कारण अन्नबाली लगाउन नपाउनु, लगायकोपनि खडेरी सखाप हुनुले डोल्पाबासी चिन्तामा परेका मात्रै छैनन् खाद्य संकटले विकराल रुपलिने सम्भाबना समेत देखिएको छ । यसबर्ष यार्सागुम्बाको मुल्यमा भएको भारी गिरावटले सरकारले सहुलियतमा उपलब्ध गराएको खाद्यान्न किन्नपनि समस्या देखिने उनीहरुको बुझाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप