बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कास्कीमा एकाविहानै ८ बन्दकर्ता पक्राउ

बिहीबार, २७ जेठ २०७३, १२ : २४
बिहीबार, २७ जेठ २०७३

पोखरा–कास्कीमा बिहिवार एक विहानै नेपाल वन्द गराउन चोकमा निस्केका ८ जना माओवादी कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लेखनाथ र पोखरा क्षेत्रका कार्यकर्ता रहका छन् । लेखनाथको तालचोकवाट क्षेत्रीय संयोजक गोकुल पराजुली सहित ५ जना पक्राउ परेका छन् । पोखराको पृथ्वीचोकवाट मीलन गुरुङ सहित ३ जना पक्राउ परेका छन् ।

विहानै आफ्ना ८ जना कार्यकर्ता पक्राउ परेको माओवादी केन्द्रीय सदस्य एवं तमुवान ईन्चार्ज सावित्री दूराले जानकारी दिएकी छन् ।

माओवादीले पक्राउ परेका कार्यकर्ता रिहाई सहित देशमा कालोवजारी गर्नेलाई कारवाहीको माग गदै विहीवार नेपाल वन्दको घोषणा गरेको वताएको छ ।

वन्द विहान ५ वजेदेखि वेलुकी ५ वजेसम्म रहने सो पार्टीले जनाएको छ । पार्टीले आज नेपाल वन्द सफल पार्न भन्दै हिजो दिउसो पोखरामा माईकिङ गरेको थियो । त्यसैगरी आजको वन्दलाई सफल पार्न भन्दै पार्टीले हिजो साँझ देशभर राँके जुलुस प्रदर्शन गरेको छ ।

पृथ्वीचोकवाट सुरु भएको राँके जुलुस वीपीचोकमा पुगेर सभामा परिणत भएको थियो ।

सो सभालाई सम्वोधन गर्दै केन्द्रीय सदस्य दूराले नेकपा माओवादीका पक्राउ परेका देशभरका कार्यकर्ता तत्काल छोड्न आग्रह गरिन् । देशमा वास्तविक परिवर्तन नआएको भन्दै केही मुठ्ठी भर दलाल र सामन्तहरु मोटाउने संसदवादी खेल अहिले भईरहेको उनले आरोप लगाईन् ।

कास्की सेक्रेटरी पूणजित पुन उभारले अव माओवादीले जनसत्ता मार्फत नेपालका वास्तविक उत्पीडित र गरीव निमुखा जनताको मुक्ति दिलाउने विश्वास व्यक्त गरे । आजको वन्दलाई लक्षित गर्दै पोखराका चोक चोकमा विहानैदेखि प्रहरी प्रहरी परिचालन गरिएको छ । पोखराका मुख्य चोक चोकमा प्रहरीहरु विहानैदेखि घोचा लिएर उभिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप