बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कोपा अमेरिका : हैटीविरुद्ध ब्राजिलको शक्ति प्रदर्शन

बिहीबार, २७ जेठ २०७३, १२ : ३३
बिहीबार, २७ जेठ २०७३

एजेन्सी–हैटीलाई ७–१ ले हराउँदै ब्राजिलले अमेरिकामा जारी कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा पुग्ने संभावना बलियो बनाएको छ । पहिलो खेलमा इक्वेडरसँग गोलरहित बराबरी खेलेको ब्राजिलले हैटीलाई पुरै समय दबाबमा राख्यो ।

ब्राजिलले आक्रामक फुटबल पस्कदै दुई वर्षअघि जर्मनीसँग पराजित भएपछि अन्तर्राष्ट्रिय फुटबलमा देखाउन नसकेको प्रभूत्वलाई फिर्ता गरेको छ । ब्राजिललाई जीत दिलाउने क्रममा फिलिपो काउटिन्हो र ग्राबियल बारबोसाले महत्वपूर्ण भूमिका निभाए ।

ब्राजिलको गोल वर्षा ब्राजिलका लागि फिलिपो काउटिन्होले ह्याट्रिक गरे । उनले खेलको १४,२९ र इन्जुरी समयमा गोल गरे । त्यस्तै रिनाटो अगस्टाले खेलको ३५ औँ र ८६ औँ मिनेटमा गोल गरे । ब्राजिलबाट ग्राबियलले ५९ र लुकास लिमाले ६७ औँ मिनेटमा गोल गरेका थिए । हैटीका लागि एकमात्रै गोल जेम्स मार्सिलिनले खेलको ७० औँ मिनेटमा गरे । खेल अवधिभर हैटीको पोस्टमा ब्राजिलले दर्जनौ आक्रमण गर्यो । विलियमले प्रहार गरेको उत्कृष्ट फ्रिकीक क्रसबारभन्दा माथि ठोक्किएर फर्किएपछि काउटिन्होले गरेको प्रहारलाई हैटीका गोलकिपरले जोगाए । त्यस्तै काउटिन्होले अग्रता दिलाउनुअघि कासिमिरोले गरेको प्रहार पोस्टभन्दा केही परबाट बाहिरियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप