बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

उदयपुरमा देखिएको अज्ञात रोग नियन्त्रणमा

बिहीबार, २७ जेठ २०७३, १२ : ३६
बिहीबार, २७ जेठ २०७३

उदयपुर– उदयपुरको हर्देनी गाविस वडा नं. २ मसारमा देखा परेको अज्ञात रोग नियन्त्रणमा आएको छ । अज्ञात रोगको कारण ३ जनाको मृत्यु भएपछि जिल्ला र केन्द्रबाट स्वास्थ्यकर्मी परिचालन गरेपछि रोग नियन्त्रणमा आएको जिल्ला जनस्वास्थ्य कार्यलय उदयपुरले जनाएको छ । जिल्लाको विकट पहाडी दलित बस्तिमा घाँटी दुख्ने, पेट फुल्ने अनि अचेत हुने लक्षण देखिएको जनाईएको छ । इपिडिमियोजोली तथा रोग नियन्त्रण महाशाखा टेकु र जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको टोलीले लेखानी गाविसको वडा नं. ३ मा २७ जना र हर्देनी गाविसको वडा नं. २ मा ३६ जना संक्रमित विरामीहरुको उपचार गरेको बरिष्ठ जनस्वास्थ्य अधिकृत रामविलास यादवले जानकारी दिए । जनस्वास्थ्य अधिकृत यादवका अनुसार रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य निरिक्षक हरी नारायण शाह र नेपाल पब्लिक हेल्थ प्रयोगशाला टेकुका मेडिकल टेक्नोलोजिष्ट उदय यादव सहितको टोलीले रोग प्रभावित क्षेत्रमा नै गएर उपचार गरेका हुन । रोग नियन्त्रणमा आएपनि कुन रोगको कारण मृत्यु भएको भन्ने हाल सम्म खुल्न नसकेको स्वास्थ कार्यालयले जनाएको छ । रोग पत्ता लगाउनको लागि हर्देनी गाविसका १० जना र लेखानीका ५ जना व्यक्तिको नमुना संकलन गरि इपिडिलिमयोजोली तथा रोग नियन्त्रण महाशाखा टेकु पठाईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप