बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सुनको भाउ आकासियो, तोलाको ४ सय बढ्यो

बिहीबार, २७ जेठ २०७३, १२ : ३८
बिहीबार, २७ जेठ २०७३
काठमाडौं–नेपाली बजारमा बिहीवार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ महंगो भएको छ । मंगलबार र बुधबार स्थिर रहेको सुनको मुल्य वृद्धिपछि छापावाल सुन प्रतितोला ५५ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

यस्तै, तेजावी सुन प्रतितोला ५५ हजार ३ सय ५० र चाँदी ८ सय ८० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय मुल्यमा भएको वृद्धिले नेपाली बजारमा पनि असर परेको हो । यो साता सोमवारदेखि सम्म सुनको मुल्य स्थिर थियो । तीनदिन सम्म छापावाला सुन प्रति तोला ५५ हजार २ सय, तेजावी ५४ हजार ९ सय ५० र चाँदी ७ सय ५५ रुपैयाँमा कारोवार भएको थियो । आइतवार भने सुनको मुल्य केही वढी थियो । आइतवार छापावाल सुन प्रतितोला ५५ हजार ३ सय, तेजावी ५५ हजार ५० र चाँदी ७ सय ५५ रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप