बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

युरोकपमा के–के हुदैँछ नयाँ ?

बिहीबार, २७ जेठ २०७३, १३ : २०
बिहीबार, २७ जेठ २०७३
काठमाडौं–फुटबललाई आधूनिक बनाउँदै लैजाने क्रममा अन्तर्राष्ट्रिय फुटबल एसोसियसन बोर्ड (आईएफएबी) ले गत मार्चमा केही नयाँ नियमहरु लागू गरेको थियो । जून १ तारिखबाट यो नियम लागू हुने बताइएको थियो । त्यसैकारण युरो–२०१६ मा यि नियमहरु लागू हुनेछन् । खेलका नियममा ९० भन्दा बढी संशोधन गरिएको छ । तर केही प्रमुख परिवर्तन यस्ता छन् । किक अफः विगतमा किक अफका दौरान बललाई अगाडी बढाउनुपर्ने थियो । तर अब जूनसुकै दिशामा पनि बललाई किक अफ गर्न पाइन्छ ।

प्रि–म्याच रेड कार्डः खेल सूरु हुनभन्दा अगाबै खेलाडीलाई रेड कार्ड दिने अधिकार समेत अब रेफ्रीलाई छ । तर खेल सूरु हुन अगावै कुनै खेलाडीले रेड कार्ड खाएमा उसको टोली १० खेलाडीमा भने सिमित हुनेपर्ने छैन् । उनीहरुको सट्टामा अर्को खेलाडीलाई प्रशिक्षकले मैदानमा उतार्न पाउनेछन् ।

उपचारका लागि मैदान छाड्नुपर्ने छैन ः यदी कुनै खेलाडी घाइते भएको खण्डमा र उसलाई ट्याकल गर्ने खेलाडीले रातो वा पहेलोँ कार्ड खाएमा उसले तत्काल मैदान छाड्नुपर्ने छैन् । यस्तो परिस्थितीमा मैदानमै छरितो उपचार हुनेछ वा उसले घाइते अवस्थामै खेल्न पनि पाउनेछ । खेलाडी घाइते भएर मैदान नफर्कदाँसम्म कुनै टोली १० खेलाडीमा सिमित हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै यस्तो नियम लागू गरिएको हो ।

तेहोरो सजायको अन्त्यः फुटबलमा डिबक्सभित्र फल गर्ने खेलाडीलाई रेफ्रीले तीन सजाय एकैपटक दिने गरेका थिए । उसको टिम विरुद्ध पेनाल्टी, उसलाई रातो कार्ड र उसको निलम्बन । तर अब यस्तो परिस्थितीमा सामान्यत खेलाडीले पहेलोँ कार्ड मात्रै पाउनेछन् । खेलाडीले पहेँलो कार्ड मात्रै खादाँ अर्को म्याचमा उ निलम्बन हुनुपर्ने छैन् र उसको टिम पनि १० खेलाडीमा सिमित हुदैँन । तर उत्शृंखल ढंगबाट प्रस्तुत हुने खेलाडीलाई सजाय दिने छुट भने रेफ्रीमा छदैँछ । यसबाहेक गोललाईन टेक्नोलोजी पनि युरोकपमा पहिलोपटक प्रयोगमा आउँदैछ । यसअघि नै इंलिस प्रिमियर लिग र विश्वकपमा यसको प्रयोग भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप