बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

युरोकपअघि जान्नेपर्ने केही तथ्य

बिहीबार, २७ जेठ २०७३, १३ : २४
बिहीबार, २७ जेठ २०७३

एजेन्सी–३० दिनसम्म सञ्चालन हुने युरो पक २०१६ का खेलहरु विभिन्न १० रंगशालामा खेलाइनेछन् । फ्रान्सको पेरिसस्थित रंगशालामा जुलाई १० मा युरोकपको फाइनल खेल हुनेछ । सन् २००८ र २०१२ मा युरोकपको उपाधी जितेको स्पेन लगातार तेस्रो पटक उपाधी रक्षा गर्ने उद्देश्यमा हुनेछ ।

कस्तो छ प्रतियोगिताको फम्र्याट ? पहिलो पटक युरोमा २४ टिमले भाग लिदैँछन् । सहभागि टोलीहरुलाई ६ समूहमा बाँडिएको छ । समूहमा शीर्ष दुई स्थान हासिल गर्ने १२ टोलीहरु सिधैँ क्वाटरफाइनलमा पुग्नेछन् । त्यस्तै ६ समूहमा तेस्रो स्थान हासिल गर्ने ६ टोलीहरुमध्ये उत्कृष्ट ४ टोली सेमिफाइनल पुग्नेछन् । कुनै टोलीले समूहमा १ अंकमात्रै बटुलेपनि दोस्रो चरणमा पुग्ने सम्भावना कायम रहन्छ ।

सहभागि टोलीहरु समूह ए फ्रान्स, रोमानिया, अल्बानिया, स्विचरल्याण्ड समूह बी इंग्ल्याण्ड, रसिया, वेल्स, स्लोभाकिया समूह सी जर्मनी, युक्रेन, पोल्याण्ड, उत्तरी आयरल्याण्ड

समूह डि स्पेन, चेक गणतन्त्र, टर्की, क्रोयशिया समूह ई बेल्जियम, इटली, गणतन्त्र आयरल्याण्ड, स्विडेन समूह एफ पोर्चुगल, आइसल्याण्ड, अस्ट्रिया, हंगेरी

को–को छन् दाबेदार ? सन् २००४ मा ग्रीसले युरोकपको उपाधी उचालेको दृष्टान्तलाई नियाल्ने हो भने अहिल्यै उपाधी विजेताको अड्कल काट्न गाह्रो छ । तर विश्व विजेता जर्मनी उपाधीको प्रमुख दाबेदार हो । यसबाहेक पछिल्ला दुई संस्करण उपाधी जितेको स्पेनलाई अर्को दाबेदार मानिएको छ । जर्मनीले छनोटमा शीर्ष स्थान हात पारेर युरोकपको यात्रा गरेको हो । तर त्यसक्रममा जर्मनीलाई पोल्याण्ड र गणतन्त्र आयरल्याण्डले हराएका थिए । फ्रान्स र इङल्याण्डले पनि मैत्रिपूर्ण खेलमा जर्मनीलाई हारको स्वाद चखाइसकेका छन् । सन् २००८ देखी २०१२ सम्म अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो वर्चश्व जमाएको स्पेन सन् २०१४ को विश्वकपमा समूह चरणबाट माथि उठ्न सकेन । यस हारपछि स्पेनिस प्रशिक्षक भिसेन्ट डेल बोस्क्यूले पाठ सिकेको हुनुपर्छ ।

आयोजकको सम्भावना कति ? फ्रान्सले सन् १९९८ मा विश्वकप आयोजना गर्दै उपाधी जितेको थियो । त्यतिबेला फ्रान्सका कप्तान रहेका डिडियर डेसच्याम्प अहिले प्रशिक्षक छन् । गत वर्ष पेरिसमा भएको आतंककारी हमालाको पिडा बिर्साउन पनि फ्रान्स घरेलु समर्थकमाझ उपाधी उचाल्न चाहन्छ । प्रमुख फरवार्ड करिम बेन्जामा टोली बाहिरै रहेपनि फ्रान्सलाई उपाधीको दाबेदार मानिएको छ किनकी फ्रान्समा पाउल पोग्बा, एन्टोनियो ग्रिजम्यानजस्ता राम्रो संभावना बोकेका युवा खेलाडी छन् । स्मरण रहोस्,सन् १९९८ को विश्वकपमा पनि फ्रान्स त्यतिबेलाका चर्चित फरवार्ड एरिक क्यान्टोनालाई टोलीबाहिरै राखेर मैदानमा उत्रिएको थियो । तर युभेन्टस्बाट खेल्ने जिनेदिन जिदानले प्रेरणादायि प्रदर्शन गरेपछि फ्रान्सले उपाधी उचाल्यो । अहिले युभेन्टस्बाटै खेल्ने पाउल पोग्बाको प्रदर्शन फ्रान्सका लागि महत्वपूर्ण हुने अनुमान लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप