बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सोनाक्षी सिंहालाई नचाएर उठेको मध्येको १४ लाख धुर्मुस सुन्तलीलाई

बिहीबार, २७ जेठ २०७३, १३ : ४०
बिहीबार, २७ जेठ २०७३
काठमाडौं, जेठ २७–सैनिक श्रीमति संघ (नेपाली सेना) ले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि १४ लाख रुपैँया हस्तान्तरण गरेको छ । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई संघले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । भूकम्प पिडितका लागि हाँस्यकलाकारको जोडीले एकिकृत नमुना बस्ती नै निर्माण गरिरहेकाले १४ लाख रुपैँया प्रदान गरिएको संघकी अध्यक्ष रीता क्षत्रीले बताएकी छिन् । केहि समय अघि एक कार्यक्रम गरी संकलन भएको रकम धरहरा निर्माणका लागि २५ लाख हस्तान्तरण गरिएको र बाँकी रहेको रकमधुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदानगरिएको संघले जनाएको छ । संघबाट प्राप्तउक्त सहयोगले गिरान्चौर एकिकृत बस्ती निर्माणमा ठूलो सघाउ पुग्ने फाउण्डेशनका अध्यक्ष कट्टेलले बताएका छन् । फाउन्डेसनले अहिलेसम्म बस्ती निर्माणका लागि लाग्ने ५ करोडम्धये २ करोड रुपैँया जम्मा भएका जनाएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप