बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

उपप्रधानमन्त्री थापा भारत जाँदै

बिहीबार, २७ जेठ २०७३, १५ : ५५
बिहीबार, २७ जेठ २०७३
काठमाडौँ– उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिन शुक्रबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने भएका छन् । भ्रमणका क्रममा परराष्ट्रमन्त्री थापाले आफ्ना समकक्षी सुष्मा स्वराजसहित केही उच्च पदस्थ सरकारी अधिकारी र राजनीतिक नेतृत्वसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका निमित्त सचिव भरतराज पौड्यालले बताए । उपप्रधानमन्त्री थापा आगामी आइतबार स्वदेश फर्कनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप