मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कुपिण्डे ताल सम्बन्धी नयाँ तथ्याङक सार्वजनिक

बिहीबार, २७ जेठ २०७३, १७ : २३
बिहीबार, २७ जेठ २०७३

सल्यान–जिल्लाको पर्यटकिय स्थल कुपिण्डे ताल ३४ मिटर गहिरो भएको तथ्याङ सार्वजनिक गरिएको छ । विहिवार कुपिण्डे तालमा आयोजित एक कार्यक्रमकाबीच कुपिण्डेताल सम्बन्धी तथ्याङ्क एक समारोहका विच सार्वजनिक गरिएको हो ।

शे–फोक्सुण्डो मिडिया प्रालिले करिव २ महिना लामो ताल सम्वन्धी अध्ययनपछि ताल सम्वन्धी तथ्याङक व्यवस्थापिका संसद अर्थ समितिका सभासद प्रकाश ज्वालाले सार्वजनिक गरेका हुन् । प्रतिवेदन अनुसार ताल २३.५३ हेक्टर क्षेत्रफलमा फैलिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै कुपिण्डेतालको लम्वाई ८ सय ३४ मिटर र चौडाइ ५ सय ३८ मिटर चौडाइ रहेको छ । समुन्द्र सतह देखि ११ सय २० मिटर उचाइमा रहेको तालमा हाल ५४ लाख ८२ हजार ५ सय ७४ घनमिटर पानी रहेको प्रतिवेदनमा उल्लेख छ ।

जिल्लाको प्रमुख आर्कषणको रुपमा रहेको तालको संरक्षण तथा विकासका लागि सार्वजनिक गरिएको नयाँ तथ्याङकले थप वल प्रदान गर्ने व्यवस्थापिका संसद अर्थ समितिका सभापति प्रकाश ज्वालाले बताए । ‘ताल सम्वन्धी धेरैपटक अध्ययनहरु भए तर आधिकारीक अवस्थाको जानकारी भएको थिएन अहिलेको अध्ययनले यसको आधिकारिक अवस्था सार्वजनिक गरेको छ ।’ ज्वालाले भने । तालको विकास तथा संरक्षणका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता ज्वालाले गरे ।

प्रतिवेदन सार्वजनिक गरेपछि अर्थ समितिका सभापति ज्वालाले प्रतिवेदन जिल्ला विकास समितिका निमित्त स्थानीय विकास अधिकारी निम बहादुर ओलीलाई हस्तान्तरण गरेका थिए ।

कुपिण्डे तालको विकास र संरक्षणका लागि तथा यसको सम्भावनका लागि विज्ञहरुको टोलीले गरेको तालको अध्ययनका आधारमा प्रतिवेदन सार्वजनिक गरिएको शे फोक्सुन्डो मिडिया प्रालिका अध्यक्ष जिवन विसीले जानकारी दिए ।

‘हामीले कुपिण्डेताल लगायत अन्य जिल्लाका तालहरुको संरक्षण र विकासका लागि अध्ययन तथा अनुसन्धान अगाडी बढाएका छौ । यसले तालको समग्र विकासका लागि ठुलो योगदान दिनेछ ।’ अध्यक्ष विसीले भने ।

ताल संरक्षणका लागि आगामी दिनहरुमा प्रतिवेदनकै आधारमा ताल संरक्षण गुरुयोजना वनाउने जिल्ला विकास समितिका निमित्त स्थानीय विकास अधिकारी निम बहादुर ओलीले जानकारी दिए । ‘यो भन्दा पहिले पनि तालको बारेमा अध्ययन गरियो तर त्यसको आधिकारिता भएन अहिले अध्ययनबाट धेरै कुरा आएको छ यसको विकासका लागि जिल्ला विकासले गुरुयोजना वनाइ कार्यन्वयन गर्नेछ ।’ ओलीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप