मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस निकट लोकतान्त्रिक पर्यटन व्यवसायीको राष्ट्रिय भेला स्थगित

बिहीबार, २७ जेठ २०७३, १९ : ०४
बिहीबार, २७ जेठ २०७३

काठमाडौं– नेपाली कांग्रेस निकट पर्यटन व्यवसायीहरुको संस्था नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघले यही जेठ २८ गते गर्ने भनिएको बृहत राष्ट्रिय भेला तत्कालका लागि स्थगित गरेको छ ।

संघका अध्यक्ष रामशरण थपलियाले भेलाको लागि आन्तरीक गृहकार्य अपुग भएको भन्दै स्थगित गरिएको बताए । उनले पर्यटन क्षेत्रमा प्रजातान्त्रिक विचारधाराका व्यवसायीहरुलाई संगठित बनाउनका लागि महाअभियानकै रुपमा आफू लागिपरेको बताउँदै देशैभरिका पर्यटकीय स्थलहरुमा प्रजातान्त्रिक धारमा विश्वास राख्ने व्यवसायीहरुलाई संगठित गरि सदस्यता वितरण कार्यलाई तिब्रता दिने पनि बताए ।

पर्यटन अवधारणा सार्वजनिक गर्नको लागि पनि आफू आन्तरीक तयारीमा जुटिरहेको उनको भनाइ छ । केही समयको अन्तरालमा नै सम्पूर्ण पर्यटन क्षेत्रमा लागिरहेका विभिन्न तह र तप्कामा रहेका व्यवसायीहरुलाई गोलबद्ध गरेपश्चात बृहत राष्ट्रिय भेला सँगसँगै पर्यटन अवधारणा सार्वजनिक गर्ने थपलिएले जानकारी दिए ।

थपलियाले आफू र आफ्नो संस्थामाथि केही व्यक्तिहरुले अनर्गल प्रचार गर्ने दुष्प्रयास गरेको प्रति आफ्नो गम्भिर ध्यानकर्षण भएको बताउँदै त्यसको पछि नलाग्न सम्पूर्ण प्रजातान्त्रिक विचारधारामा आस्था राख्ने व्यावसायीहरुलाई आग्रह समेत गरे ।

आफूले लिएको सहनशिलताको नितिलाई केही तत्वहरुले कमजोरीको रुपमा लिएको भन्दै थपलियाले आफूलाई कमजोर नआँक्न समेत चेतावनी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप