बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एड्भान्स सिमेन्टको गुणस्तरमा उपभोक्ताको गुनासो, विद्यालय भत्किएपछि मुद्दा हाल्ने तयारी

शुक्रबार, २८ जेठ २०७३, १४ : ५७
शुक्रबार, २८ जेठ २०७३

काठमाडौं– अरनिको सिमेन्ट उद्योग प्राली वीरगञ्जद्वारा उत्पादित एड्भान्स सिमेन्टको गुणस्तरमाथि शंका उब्जिएको छ । एडभान्स सिमेन्ट प्रयोग गरी निमार्ण सुरु गरिएका भवन निमार्ण कार्य पुरा नहुँदै भत्कन थालेपछि सिमेन्टको गुणस्तरमै शंका उब्जिएको हो ।

एड्भान्स सिमेन्ट प्रयोग गरेर केही समय अघि झापाको बिर्तामोड–७ मेघाबारीमा विद्यालय भवन निमार्णको काम थालिएको थियो । तर, निर्माणाधीन अवस्थामा रहेको ग्रिनउड किन्डर होम स्कुलको त्यो भवनका सिढी र पिलर झरेपछि उपभोक्ताले सिमेन्टको गुणस्तमै प्रश्न उठाएका हुन् । निर्माणाधीन भवनमा प्रयोग गरिएको सो ब्राण्डको ओपीसी सिमेन्टले तीन साता बित्दा समेत ‘सेटिङ’ नलिएपछि विद्यालय प्रशासन उद्योगमा जानकारी गराएको थियो । विद्यालयको गुनासोपछि उद्योगका महाप्रबन्धक दीपक घिमिरे र जनसम्पर्क अधिकृत प्रदीप कोइराला एक साताअघि बिर्तामोड पुगेर भवन निरीक्षण समेत गरेका छन् । उनीहरुले निरिक्षणका क्रममा सिमेन्टमा केही त्रुटी रहेको स्वीकार गर्दै विद्यालयलाई क्षतीपुर्ती दिने जनाएका थिए ।

तर, सिमेन्ट कम्पनीले ४ देखि ५ लाख रुपैयाँसम्म मात्र क्षतिपूर्ति दिन सक्ने जनाएपछि विद्यालयले भने कानुनी वाटो रोज्ने जनाएको छ । एक करोड रुपैयाँ लागत अनुमानमा निमार्ण सुरु भएको भवनमा ४५ लाख खर्च भैसकेको छ । सिमेन्टकै कारण भवन भत्किएपछि विद्यालय प्रशासनले ४ देखि ५ लाख लिएर केही नहुने जनाएपछि उद्योगले भने धम्कीपूर्ण भाषा प्रयोग गरेपछि विद्यालय प्रशासन उद्योग विरुद्ध मुद्धा हाल्ने तयारीमा जुटेको हो । निर्माणाधीन भवनमा प्रयोग भएको सिमेन्टकै कारण भवन भत्किया, हामीले त्यो कुरा जानकारी गरायौ’, विद्यालयका सञ्चालक शान्तरत्न शाक्यले भने, ‘निरीक्षणमा आएका अधिकारी उल्टै धम्कीको भाषा प्रयोग गर्दै फर्किएपछि अव उद्योग विरुद्ध कानुनी उपचारको बाटो खोज्नुको विकल्प रहेन ।’

विदालयले भने भवन पुनःनिर्माण गरिदिन आग्रह गरेका जनाएको छ । तर, उद्योगले त्यो सम्भव नरहेको जनाएपछि भवन निमार्णको काम समेत अलपत्र परेको भन्दै मुद्धा दर्ता प्रक्रिया सुरु भएको हो । विद्यालयले दुवै पक्ष बसेर सिमेन्टको ल्याब टेस्ट गराउन प्रयास गरिएपनि उद्योगका प्रतिनिधिले त्यो कुरामा आनाकानी गरेको विद्यालयका सञ्चालक गिरिधर श्रेष्ठले जनाए । निरिक्षणको समयमा उद्योगका प्रतिनिधीले भवन पुननिमार्णका लागि पहल गर्ने जनाएर ल्याब टेस्टका नाममा बाँकी रहेको ४५ बोरा सिमेन्ट लैजाने भन्दै प्रमाण नष्ट गर्न खोजेको विद्यालय प्रशासनको दावी छ । तर, सिमेन्ट उठाउन नदिएपछि अहिले कम्पनीका प्रतिनिधी सम्पर्क वाहिर रहेको विद्यालय प्रशासनको भनाइ छ ।

सिमेन्टकै कारण अहिले विद्यालयको भवन निमार्ण रोकिएको छ । आगामी भदौवाट पठन पाठन सुरु गर्नेगरि विद्यालयले भवन निमार्ण सुरु गरेको जनाएको छ । विद्यालयकी प्रधानाध्यापक निता श्रेष्ठले भवन अलपत्र पारेपछि कक्षा संचालनमा वाधा पुगेको वताउकी छिन् । केही समयअघि सोही सिमेन्ट प्रयोग गरि निमार्ण गरिएको विर्तामोडकै धनपति सत्याल र अरुण सुवेदीको घर र पर्खालमा समस्या आएको जनाइएको छ । उनीहरुको गुनासो पछि सिमेन्ट उद्योगका प्रतिनिधि प्रदीप कोइरालाले पुनःनिर्माणका लागि दुवैजनासँग लिखित सहमति गरेको वुझिएको छ ।

विर्तामोडमा एडेभान्स सिमेन्ट विक्रि गर्दै आएको आइरन स्टोर्सका सञ्चालक राम घिमिरेले पनि सिमेन्टको गुणस्तरमा गुनासो रहेको बताए । उपभोक्ताको गुनासो बढ्दै गएपछि घिमिरेले एड्भान्स सिमेन्टको बिक्रि नै बन्द गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप