बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गण्डक नहरको पीडा : भारतले पानी नछाड्दा नेपाली किसानले घानको बिउसमेत राख्न पाएनन्

शुक्रबार, २८ जेठ २०७३, १५ : ०३
शुक्रबार, २८ जेठ २०७३

नवलपरासी – लामो खडेरी परेपछि नवलपरसीका किसानहरु धानको बिउ रख्न पाएका छैनन् । पानीको पहुंचबाट टाडा रहेका सदरमुकाम परासी दक्षिणी क्षेत्रका किसानहरु धानको बिउ राख्न नपाएका हुन् ।

आकासे पानीको भरमा बस्न बाध्य नवलपासीका अधिकांस किसानहरु बिउ राख्ने समयमा पानी नपरे पछि धान खेती ढिलाई भै उत्पादन कम हुने चिन्तामा रहेका छन् ।

नेपाल गण्डक पश्चिम नहरमा भारतीय पक्षको मनोमानीले नेपाली नहरमा पानी नछाडि दिँदा गण्डक कामण्ड क्षेत्रका किसानहरुलाई पनि धानको ब्याड राख्ने समस्या भएको कृषक मुकुत चौहानले बताए ।

भारतीय पक्षले आफनो अनुकुलमा नेपाली नहरमा पानीको लेबल मेन्टेन गरे मात्र पश्चिीमी नहरमा बल्ल पानी आउने गरेको छ ।

आकासे पानी नपरेपछि खोल्सा खाल्सीबाट पानी तानेर राखेको बिउ किसानहरुको बिउ सुक्न थालेको छ भने ब्याड पटपटी फुटेको छ । कतै कतै पम्सेट चलाएर ब्याड राखेका खेतहरु पनि पट पटी फुटेर धांजा फटेका छन् ।

नवलपरासीमा ४६ हजार ६ सय हेक्टर क्षेत्रफल धान खेती गरीने जिल्ला कृर्षि बिकास कार्यालयका प्रमुख तेजनारायण गैरेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप