बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी दूतावासको कर्मचारी भन्दै ठगी गर्ने पक्राउ

शुक्रबार, २८ जेठ २०७३, १५ : १५
शुक्रबार, २८ जेठ २०७३

काठमाडौं – आफूलाई अमेरिकन दूतावासको कर्मचारी भन्दै लाखौं ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर ठेचो घर भएका सिद्धार्थ कार्कीले आफू दूतावासको कर्मचारी भएको बताउँदै ६ जना विद्यार्थीहरुसँग २ लाख ७८ हजार ठगी गरेका थिए ।

कार्कीले रुपन्देही घर भएका प्रकाश कार्कीलगायत ६ जना विद्यार्थीहरुलाई भूकम्पपीडित कोटामा प्रतिव्यक्ति ४ लाखभन्दा बढी खर्च नलाग्ने बताउँदै ठगी गरेका थिए । उनले आफू दूतावासको कर्मचारी भएकाले अमेरिका जाने भिसा लगाउन तत्काल प्रोसेसका लागि रकम चाहिन्छ भन्दै प्रकाशबाट ६५ हजार ५०० र मदन पोखरेलबाट १ लाख ५० हजार गरी ६ जनाबाट २ लाख ७८ हजार असुलेका थिए ।

विद्यार्थीहरुले प्रहरीको अपराध महाशाखामा उजुरी दिए पनि कार्कीलाई मुलपानीबाट पक्राउ गरेको थियो । उनलाई आवश्यक कारवाहीका लागि महानगरी प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप