बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नौ वर्षपछि लालपुर्जा र नागरिकता हातमा

शुक्रबार, २८ जेठ २०७३, १५ : २९
शुक्रबार, २८ जेठ २०७३

बाजुरा - बाजुरा जिल्लाको बाह्रबीस गाविसमा रहेको इकडीगाड लघुजलविद्युत् परियोजनाले विद्युत् उत्पादनका लागि राखिएका लालपुर्जा र नागरिकता नौ वर्षपछि सर्वसाधारणले पाएका छन् ।

विद्युत् निकाल्न २०६४ मङ्सिर ८ गते राखिएका लालपुर्जा लिलाम हुने अवस्थामा पुगेका थिए ।

जिल्ला कृषि विकास बैंकमा राखिएका ११ जना सर्वसाधारणका लालपुर्जाबाट रु आठ लाख ऋण झिकिएको थियो । ब्याज तिर्न नसकी साँवा र ब्याज गरी रु १६ लाख ७६ हजार ५२५ पुगेको थियो । कृषि विकास बैंकमा ऋण तिर्न नसक्दा पटकपटक लिलाम प्रक्रियामा पु¥याएको थियो ।

कृषि विकास बैंकले ८० प्रतिशत ब्याज मिनाहा गरेको थियो भने बाँकी रु १० लाख ३५० बैंकमा जम्मा गरेपछि नौ वर्षदेखि बैंकमा रहेका लालपुर्जा र नागरिकता सर्वसाधारणले पाएका छन् । विद्युत् उत्पादन गर्नका लागि रकम कम भएको भन्दै इकडिगाड लघुजलविद्युत् परियोजना र जिल्ला ऊर्जा तथा वातावरण शाखाको पहलमा बैंकबाट ऋण झिक्नका लागि राखिएको थियो ।

स्थानीय वीरबहादुर शाही, महा रावत, कृतम सिंह, धीर सिंह, डम्मर सिंह, करे रावललगायत ११ जनाका लालपुर्जा र नागरिकता राखिएको थियो । साँवा र ब्याज तिर्नका लागि निर्वाचन क्षेत्र विकास कोषबाट दिएको रु १० लाखको केही रकमको श्रमदान गरी बचाएको रकम, गाविस र एक घरबाट रु एक हजार सङ्कलन गरेर जम्मा गरेको परियोजनाका अध्यक्ष मीनबहादुर सिंहले बताए ।

लामो समयपछि आफ्नो लालपुर्जा र नागरिकता पाउँदा निकै खुसी भएको स्थानीयवासी कृतमबहादुर सिंहले बताए । स्थानीयवासीले लालपुर्जा राखेर बिजुली बाल्न सफल भयाँै र अहिले ऋण तिरेर लालपुर्जासमेत हातमा पायाँै अर्का स्थानीयवासी सर्वजीत शाहीले बताए ।

ब्याज मिनाह र पैसा सङ्कलनका लागि जिल्लास्थित राजनीतिक दल जिल्ला विकास समितिलाई पटकपटक गुहार ग¥यौँ, तर कसैबाट पहल नभएपछि निर्वाचन क्षेत्र विकास कोषबाट सांसद कर्णबहादुर थापाको रु १० लाख परियोजनामा विनियोजन भएपछि लालपुर्जा छुटाउन सहयोग भएको अध्यक्ष सिंहले बताए ।

रु १० लाखमा पाँच लाखको सामान खरिद ग¥यौँ, बाँकी पैसा बराबरको जनताले श्रमदान ग¥यौँ बचेको पैसा कृषिमा तिरेको उनले बताए । जनताको सहयोगबाट आज लिलाम प्रक्रिया पुगेका लालपुर्जा र नागरिकता नौ वर्षपछि पाएको भरत नेपालीले बताए । ३० किलोवाट क्षमता भएको विद्युत्बाट तीन सय परिवार लाभान्वित भएका छन् । बिग्रेको नहर र सामान खरिद गरेपछि अहिले विद्युत् सेवा पनि नियमित भएको स्थानीयवासीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप