बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गाई काटेको आरोपमा विक पक्राउ

शुक्रबार, २८ जेठ २०७३, १५ : ३३
शुक्रबार, २८ जेठ २०७३

वालिङ - स्याङ्जाको भिरकोट नगरपालिका–१० गगनडाँडामा गौहत्याको आरोपमा पक्राउ परेका एक पुरुषलाई प्रहरीले सार्वजनिक गरेको छ ।

गत सोमबार पाल्नका लागि भनेर लगेको गाईलाई बन्चरो प्रहार गरी हत्या गर्ने भिरकोट नगरपालिका–१० बस्ने वर्ष ५६ का पदमबहादुर विकलाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरी सार्वजनिक गरेको हो ।

विकले भिरकोट नगरपालिका–२ बस्ने केशव कोइरालाको घरमा रहेको अन्दाजी पाँच वर्षको खैरो रङ्गको गाई पाल्न लैजाने भनी नगद रु ५०० र गाईका लागि चाहिने केही खाद्यान्न लिएको बुझिएको प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले बताए ।

गाईको परीक्षण गरी पुरिएको र निज पदमबहादुर विकलाई जिल्ला अदालत स्याङ्जाबाट छ दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

मुलुकी ऐन चौपायाको महलको दफा ११ मा जानी जानी गाई गोरु मार्नेलाई १२ वर्ष र मार्नका लागि वचन दिनेलाई छ वर्षको कैद सजायको व्यवस्था रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप