बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

करिब असी प्रतिशत असुरक्षित प्रसूति

शुक्रबार, २८ जेठ २०७३, १५ : ३८
शुक्रबार, २८ जेठ २०७३

कपिलवस्तु - पछिल्लो समय जिल्लामा सचेतनामूलक कार्यक्रमका साथै स्वास्थ्य संस्था, बर्थिङ सेन्टरको सङ्ख्यामा वृद्धि भए पनि कपिलवस्तुमा ७९ प्रतिशत महिलाले अझै पनि असुरक्षित रुपमै बच्चा जन्माउने गरेका छन् ।

गर्भवती महिलालाई स्वास्थ्य संस्थामा बच्चा जन्माउन वर्षौंदेखि जिल्लामा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि त्यसबाट पनि खासै उपलब्धि देखिएको छैन ।

गर्भवती भएदेखि एक सय दिनसम्म महिलालाई लक्षित गरी ‘सुनौला हजार दिन’का कार्यक्रमले केही सकारात्मक प्रभाव पारे पनि ठोस उपलब्धि भने हुन सकेको छैन ।

विसं २०७१/७२ सालमा जिल्लामा २१ दशमलव १ प्रतिशत गर्भवती महिलाले मात्र स्वास्थ्यकर्मीको निगरानीमा बच्चा जन्माउने गरेको स्वास्थ्य कार्यालयको प्रगति प्रतिवेदनमा उल्लेखित छ ।

सरकारले अस्पताल र बर्थिङ सेन्टरमा बच्चा जन्माउने महिलालाई यातायात खर्चबापत रु ५०० र न्याना कपडा दिने व्यवस्था मिलाएको छ । त्यति मात्र होइन, चारपटकसम्म गर्भ जाँच गराउनेलाई रु ४०० पनि दिइने गरिएको छ ।

कपिलवस्तुमा तीन सरकारी, एक निजी अस्पताल, आठवटा बर्थिङ सेन्टर र दुईवटा पा्रथमिक स्वास्थ्य उपचार केन्द्रमा सुरक्षित प्रसूतिको सेवा उपलब्ध रहेका छन् । सुरक्षित प्रसूतिका कारण जिल्लामा मातृ र शिशु मृत्युदर पनि बढिरहेको स्वास्थ्यकर्मीको भनाइ रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार जिल्लामा एक वर्षको अवधिमा करिब १५ हजार ८५ जना महिला गर्भवती हुने गर्दछन् । त्यसमध्ये १३ हजार ५७७ को जीवित जन्म हुने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप