बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मनीग्रामको सहयोगमा चौधरी फाउन्डेसनले बनायो १० वटा विद्यालय भवन

शुक्रबार, २८ जेठ २०७३, १५ : ४९
शुक्रबार, २८ जेठ २०७३

काठमाडौं – मिनिग्राम फाउन्डेशनको सहयोगमा चौधरी फाउन्डेशनले भूकम्पबाट क्षतिग्रस्त १० प्राथमिक विद्यालयहरुको पुननिमार्ण कार्य सम्पन्न गरेको छ । १० वटा सामूदायिक प्राथमिक विद्यालयहरुको पुननिमार्ण सम्पन्न गर्न मनिग्रामले ८० हजार अमेरिकी डलर सहयोग गरेको जानकारी पत्रकार सम्मेलनमा गराइयो ।

मनिग्राम फाउन्डेशनले संसारभरका बालबालिकाको शैक्षिक क्षेत्रमा पहुँच र शैक्षिक गुणस्तरको सुधारमा ध्यान केद्रित गर्दै आएको छ । नेपालमा भूकम्पका कारण झन्डै २० हवार विद्यालय क्षतिग्रस्त भएको र ४ लाखभन्दा बढी विद्यार्थी प्रभावित भएका कारण विद्यालयहरुको पुननिमार्ण कार्यमा निरन्तर लागिरहने मनिग्राम फाउन्डेशनले जनाएको छ ।

२०१२ मा मनिग्राम फाउन्डेशनको स्थापना भएको हो । – राम्रो आर्थिक अवसर, स्वस्थ्य परिवार, व्यक्तिगत स्वतन्त्रता र सशक्तीकरण शिक्षाको मुटु हो भन्ने नारालाई यस फाउन्डेशनले आफ्नो लक्ष्य बनाएको छ ।

 मनिग्राफ फाउन्डेशन चर्चित पैसा स्थानन्तरण र भूक्तानी सेवा प्रदायक कम्पनी मनिग्राम इन्टरनेशनल इन्कको सामाजिक विङस् हो । यता, पुननिमार्णको काममा सक्रिय चौधरी फाउन्डेशन चौधरी समूहको समाजिक विङस् हो । यस फाउन्डेशनको स्थापना सन् १९९५ मै भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप