बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाले फेरि अर्को क्षेप्यास्त्र परीक्षण गर्नसक्ने

शुक्रबार, २८ जेठ २०७३, १६ : १४
शुक्रबार, २८ जेठ २०७३

सोल - दक्षिण कोरियाले फेरि अर्को क्षेप्यास्त्र परीक्षण गर्नसक्ने अनुमान दक्षिण कोरियाली सञ्चारमाध्यमले गरेका छन् ।

ती सञ्चारले उत्तर कोरियाले पछिल्लो समयमा फेरि पनि अर्को यस्तै परीक्षण गर्नसक्ने सूचनाहरु प्राप्त भइरहेको जनाएका शुक्रबार जनाएका छन् ।

दक्षिण कोरियाका राष्ट्रपति पार्क गेन हाइले पनि केही हप्ताअघि यस्तो आशङ्का व्यक्त गरेकी थिइन् । उनले उत्तर कोरियाली सरकारले पछिल्लो समयमा दिने गरेको आणविक परीक्षणको धम्कीबाट त्यस्तो अवस्था देखिएको बताइन् ।

उत्तरले आणविक शक्तिको धम्की दिने गरेको भन्दै उनले भनिन्– यस्तो धम्कीले हामी कुनै पनि हालतमा डराउँदैनौँ, हामीलाई यस्ता आणविक परीक्षणका विगतका धम्कीहरुले पनि केही गर्न सकेको छैन ।

आणविक परीक्षणको शृंखला नै चलाएको उत्तर कोरियाले पछिल्लो समयमा दक्षिण कोरियालाई चीसो पस्ने गरेको छ । उत्तरको आणविक परीक्षणका कारण यी दुई छिमेकी एक आपसमा पछिल्लो समयमा विवादमा पर्ने गरेका छन् ।

अहिले पनि उत्तर कोरियाले आणविक परीक्षणको तयारी गरिरहेको सूचना आफूले पाएको दक्षिणका सञ्चारमाध्यमहरुले जानकारी दिएका हुन् ।

दक्षिण कोरियाले उत्तर कोरियासँग अघि बढाउन लागेको शान्तिको प्रयासलाई उत्तरले असफल तुल्याइदिएको पनि दक्षिण कोरियाली राष्ट्रपतिले बताएकी थिइन् ।

उनले उत्तरले हालैमात्र आफ्नो पार्टीको सातौँ राष्ट्रिय कंग्रेसका अवसरमा आफूलाई एक आणविक राष्ट्रका रुपमा परिचित नै गराएको दाबी पनि गरिन् ।

शान्तिवार्ता एवम् दुई देशबीचको समझ्दारीको एजेण्डालाई उत्तरले कहिल्यै पनि प्राथमिकतामा नराखेकोले पछिल्लो समयमा यसको सम्भावना पनि हराएको उनले बताइन् ।

उत्तर कोरियाले यसैवर्षमात्र बारम्बार यस्ता क्षेप्यास्त्र परीक्षणहरु गर्दै आएको छ । यस्ता परीक्षणहरुले उत्तर कोरियाका विरुद्धमा विश्वव्यापी रुपमा विरोध पनि हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप