बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पुनर्निर्माण गरिएको गाविस भवन गुणस्तरहीन

शुक्रबार, २८ जेठ २०७३, १६ : ५२
शुक्रबार, २८ जेठ २०७३
उदयपुर -जिल्ल्ला प्राविधिक कार्यालयले निर्माण गरेको पंचावती गाविस भवन गुणस्तरहीन भएको अनुगमनबाट पत्ता लागेको छ । शान्ति तथा पुन निर्माण मन्त्रालयको आर्थिक सहयोगमा निर्मित भवन स्थानीय शान्ति समिति उदयपुरको टोलीले अनुगमन गर्दा कमसल निर्माण सामाग्री प्रयोग गरेको ठहर गरेको हो । भवन निर्माणका लागि जनज्योति निर्माण सेवा त्रियुगा नगरपालिका २ ले ठेक्का पाएको जिल्ला प्राविधिक कार्यालयका सूचना अधिकारी मानबहादुर वनले बताए । साहले ३८ लाख १९ हजार ८ सय ४३ रुपैया ३० पैसामा भवन निर्माणको जिम्मा पाएको थियो ।

पुन निर्माण तथा पुर्नस्थापना कार्याक्रम अन्तर्गत निर्मित तीन कोठा र एक सभाहलसहित गाविस भवन गुणस्तरहिन काम भएको स्थानीय शान्ति समितिका संयोजक एक बहादुर कार्कीले बताए । उनले भने–‘सिमेन्ट, गिट्टी, बालुवाको मिश्रण राम्रो छैन, विम, पिलरहरु लिरिक लिरिक हल्लीरहेको छ, ढलान गरेको छतमा प्रयोग गरेको रडहरु जताततै देखिरहेको छ ।’ उनका अनुसार ढलानमा मुसा कुद्ने दुलाहरु देखापरेको, ढलानमा सिमेन्ट र पानीको कम मात्रामा प्रयोग गरेको बताए । संयोजक कार्कीका अनुसार विकास निर्माणको काममा जिल्ला प्राविधिक कार्यालयको कमि कमजोरी देखिएको बताए ।

यस्तै सम्झौता गरेर काम अगाडी बढाएपनि कमशल खालको काम भएको स्थानीय एमाले नेता बोधकुमार घिमिरेले बताए । ‘ढलान गर्नु अघि हामी दुई चार जनाले निर्माणधिन भवनमा प्रयोग गर्न खोजेको गिट्टी, बालुवा कमशल, गुणस्तरहिन हो, यसलाई चेन्ज गर्नु पर्छ भन्दा भन्दै ठेक्केदारले अटेर गरेर कमशल गिट्टी, बालुवा प्रयोग गरेको थियो ।’ घिमिरेले भने– ‘भवनमा प्रयोग गरेको पिलरमा प्रयोग भएको रड समेत गिट्टी, बालुव र सिमेन्टको समिश्रण हुन सकेको छैन र पिलर लिरिक लिरिक हल्लि रहेको छ ।’ घिमिरेले भने– ‘दिवालमा भएको सिमेन्ट, बालुवाले राम्रोसँग पानी खाएको छैन भने ढलान भएको छतमा समेत पानी नलगाएकोले झनै कमजोर भएको छ ।’

यस्तै भवन निर्माणमा कमशल खालको बस्तु प्रयोग भएको भन्दै स्थानीय स्तरबाट गुनासो आएको र भवनमा प्रयोग भएका सामग्री परिवर्तन गर्न पटक पटक ठेक्केदार कम्पनीलाई भनेपनि ठेक्केदारले वेवास्ता गरेको पंचावती गाविस सचिव खिलराज कार्कीले बताए । उनका अनुसार भवन कमशल खालको भएको भन्दै पटक पटक जिल्ला प्राविधिक कार्यालयलाई जानकारी गराउँदा समेत प्राविधिक कार्यालयले समेत कुनै सुनुवाई नगरेको सचिव कार्कीले बताए । गाविस भवन निर्माणको काम २०७३ साल असार २५ गतेसम्ममा सम्पन्न गर्नु पर्ने सम्झौतामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप