बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा पहिलो किस्ता बापतको ५० हजार बितरण शुरु

शुक्रबार, २८ जेठ २०७३, १७ : २०
शुक्रबार, २८ जेठ २०७३

ओखलढुंगा – ओखलढुंगा जिल्लाका भुकम्पपीडितलाई अनुदान बापतको पहिलो किस्ता आजबाट बितरण गरिएको छ । जिल्लाको सल्लेरी गाबिसका भूकम्प पिडितहरुलाई पहिलो किस्ता बापतको ५० हजार आजबाट बितरण शुरु गरिएको हो ।

सो गाबिसका भुकम्प पिडितहरुलाई टुरीजम डेप्लप्मेन्ट बैकले रकम बितरणको जिम्मा लिएको बैकका सहायक मेनेजर बिबेक राज भन्डारीले जनकारी दिए । जस अन्तरगत आज २४ जना भुकम्प पिडितहरुले रकम बुझेका छन् । रकम बितरणका लागी सल्लेरी गाबिसका ३८ जना भुकम्प पिडितहरुको अधिकारीक नाम बैकंमा रहेकाले सहायक मेनेजर भन्डारीले बताए ।

उनका अनुसार बाँकी रहेका घरधुरीलाई भोली पनि बितरण गरिने छ । रकम लिनका लागी पीडितहरुले १ प्रति फोटो ,रकम सम्झौताको काजगाज, नगरिकताको फोटोकपी र सक्कली नागरीकता सहित ब्यक्ती स्वयमनै उपस्थित हुनु पर्ने बताईएको छ । भूकम्पपीडितहरु लामो समयको पर्खाईपछि भएपनि रकम पाएकोमा खुशी व्यक्त गरेका थिए । सो रकमले अब ओत लाग्ने ठाँउ बनाउने उनीहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप