बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अर्याल समाज जापानद्वारा क्यान्सर पिडितलाई सहयोग

शुक्रबार, २८ जेठ २०७३, १७ : २३
शुक्रबार, २८ जेठ २०७३

गुल्मी - गुल्मीको आँपचौर–६ अमलाबोट निवासी वोनम्यारो क्यान्सर पिडित रामप्रसाद भण्डारीको उपचारका लागि अर्याल सेवा समाज जापानले आर्थिक सहयोग गरेको छ । समाजका अध्यक्ष चेतन अर्याल र महासचिव भानु अर्यालको पहलमा जापानमा सहयोग संकलन गरी ३ लाख १२ हजार ४ सय ४५ रुपैयाँ भण्डारीलाई सहयोग गरिएको हो ।

पुर्व शिक्षक रहेर आँपचौरको शैक्षिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुराएका भण्डारीको आर्थिक अवस्था भने आफ्नै उपचार खर्च जुटाउने उपायसमेत नभएपछि सार्वजानिक रुपमा सहयोगको अपिल गर्न बाध्य भएका थिए ।

उनको अपिल सम्वन्धि खवर सार्वजानिक भएपछि अर्याल सेवा समाज जापानले सहयोग संकलन अभियान जारी गरेको थियो । संकलित उक्त रकम नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लको रोहवरमा अध्यक्ष अर्याल र महासचिव अर्यालले त्यहाँबाट पिडितको बैंक खातामा पठाई दिएका छन् ।

भण्डारीलाई हिजो रकम पठाउन साथ दिल्लीको गान्धी क्यान्सर अस्पतालमा पठाईको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप