बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आईएमई १६ औं वर्षमा प्रवेश

शुक्रबार, २८ जेठ २०७३, १७ : २८
शुक्रबार, २८ जेठ २०७३

काठमाडौं – नेपालको अग्रणी रेमिटेन्स कम्पनी आईएमई लिमिटेड आजदेखि आफ्नो स्थापनाको १६ औं वर्ष प्रवेश गरेको छ ।

विविध सामाजिक कार्यक्रम सहित हरेक वार्षिकोत्सव मनाउँदै आएको यस कम्पनीले १५ औं वर्ष पुरा गरी १६ औं वर्ष प्रवेशको उपलक्ष्यमा रक्तदान सहितका विविध कार्यक्रम गरी मनायो । सामाजिक उत्तदायित्व अन्तर्गत स्वास्थ्य एवं सुरक्षा, सामाजिक सहयोग, शिक्षा र वातावरण जस्ता चार क्षेत्रमा कम्पनीले सहयोग पु¥याउँदै आएको छ ।

यसपटकको वार्षिकोत्सवमा सेन्ट्रल ब्लड ट्रान्सफ्युजन सर्भिस र नेपाल भोल्युन्टर ब्लड डोनर सोसाइटीको सहकार्यमा पानीपोखरी स्थित केन्द्रीय कार्यालय परिषरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

त्यस कार्यक्रममा आईएमई र आईएमई ग्रुप अफ कम्पनीमा कार्यरत कर्मचारी, आईएमईका व्यावसायिक साझेदार एवं शुभचिन्तक सहित ७९ जनाले रक्तदान गरेका थिए । यसका अतिरिक्त १६ औं वार्षिकोत्सव मनाउदासम्म कम्पनीमा दश वर्ष सेवा गरेका अग्रज कर्मचारीहरु एवं विभिन्न विधामा उत्कृष्टता हाँसिल गरेका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

वार्षिकोत्सव कार्यक्रममा शुभकामना व्यक्त गर्ने क्रममा अध्यक्ष ढकालले आईएमई स्थापनाका शुरुवाती चरण स्मरण गर्दै आम सेवाग्राही, कर्मचारी, व्यवसायीक साझेदार एवं शुभचिन्तक सवैको भूमिकाको प्रशंसा गरे ।

अन्तर्राष्ट्रिय स्तरको रेमिटेन्स सेवा प्रवाह गर्दै आएको आईएमई लिमिटेड सन् २००१ मा स्थापन भएको हो ।

आईएमई लिमिटेडसँग अहिले विश्वव्यापी रुपमा करिव एक लाख एजेण्ट आउटलेट , आन्तरिक रेमिटेन्स तर्फ १ सय ४० आईएमई सेन्टर ४ हजार ८ सय अन्य गरी करिव ५ हजार एजेण्ट आउटलेट रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप