बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पण्डित सम्मेलन : संविधानमा धर्म निरपेक्षता खारेज गर्न पण्डितहरुको माग

शुक्रबार, २८ जेठ २०७३, १७ : ३४
शुक्रबार, २८ जेठ २०७३

पोखरा - राष्ट्रिय धर्म सभा नेपालको आयोजनामा शुक्रवारदेखि पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा तेश्रो राष्ट्रिय पण्डित सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा देश भरका ५ सय भन्दा वढी पण्डितहरुको सहभागिता रहेको छ । संम्मेलनमा पण्डितका आचार संहिताका वारेमा व्यापक छलफल गरिने भएको छ ।

कार्यक्रममा वोल्ने वक्ताहरुले नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको भन्दै तत्काल संविधान वाट धर्म निरपेक्ष भन्ने शव्द हटाई सनातन हिन्दू राज्य नेपाल कायम गरिनु पर्ने माग गरेका छन् ।

उनीहरुले वर्तमान अवस्थाका केही पण्डितहरुले आफ्नो वैदिक सनातन संस्कार भूलेर पैसामा विकाउ भएकोले अन्य क्षेत्रवाट हिन्दूहरुमाथि प्रहार भएको वताए । विदेशीका पैसाले नेपालको हिन्दू धर्म खाने कुचेष्टा भएको भन्दै वक्ताहरुले पैसाको वलमा भएको धर्ममाथिको प्रहार अव कुनै हालतमा नसहने धारणा व्यक्त गरे ।

वक्ताहरुले यजमानको घरमा दक्षिणा वुझेपछि स्वरुप परिवर्तन गरेर हिड्ने पण्डितलाई तह लगाउने खालको आचार संहिता वनाउनु पर्ने खाँचो रहेको वताए । पूर्वजहरुले हिँडाएको वाटो भुल्दा आज देशमा पण्डितहरु अपमानित हुनु परेको उनीहरुले दुःखेसो व्यक्त गरे ।

पछिल्लो समयमा केही पण्डितहरुले यजमान ठगी गरेर दुःख दिएका घटना सार्वजनिक भएको भन्दै सम्मेलनमा भूलभूत रुपमा पण्डितले पालना गर्नु पर्ने नियमका वारेमा नै चर्चा गरिने जनाईएको छ । सो सम्मेलनमा पण्डित आचार संहिताको वारेमा कार्यपत्र प्रस्तुत गरिने संस्थाका सचिव अरुण कुमार पाण्डेले जानकारी दिएका छन् ।

सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्राध्यापक डा माधवप्रसाद भट्टराईले सनातन संस्कार जोगाउन देशमा असली पण्डितहरुको खाँचो रहेको बताए । उनले देशमा अहिले नक्कली पण्डित जी वनेर झूक्याउनेहरुले कर्मकाण्डलाई सनातन संस्कार भन्दा पनि व्यापारको रुपमा परिणत गरेको तर्क गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप