बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

‘क्यानन केपिए वेडिङ फोटो अवार्ड २०१६’ घोषणा

शुक्रबार, २८ जेठ २०७३, १७ : ४२
शुक्रबार, २८ जेठ २०७३

काठमाडौं–काठमाडौं फोटोग्राफर संघले बिहीबार ‘क्यानन केपिए वेडिङ फोटो अवार्ड २०१६’ घोषणा गरेको छ । फोटोग्राफर गौरव रिजालले ‘क्यानन केपिए वेडिङ फोटो अवार्ड २०१६’ जित्न सफल भएका छन् । उनलाई संस्किृती, पर्यटन तथा नागरीक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलले अवार्ड प्रदान गरेका थिए ।

फोटोग्राफर नन्द श्रेष्ठले दोस्रो तथा चौथो पुरस्कार प्राप्त गरे भने सन्देश प्रजापती तेस्रो र किशोर रिजाल पाचौं भएका छन् । क्याननका मार्केटिङ मेनेजर सुनिल त्रिवेदीले प्रथम, द्वितिय तथा तृतिय लाई क्रमशः क्यानन ईओएस डिएसएलआर ७०डि, ७५०डि, १३००डि प्रदान गरेका हुन् ।

चौथो र पाँचौलाइ विशेष पुरस्कार प्रदान गरियोएको छ । उत्कृष्ट सय फोटोहरुको प्रदर्शनी नेपाल आर्ट ग्यालरी बबरमहलमा जेठ ३० देखि ३२ गतेसम्म हुने पनि जनाइएको छ ।

यस अवार्डमा ६८६ वटा फोटोहरु सहभागी भएका थिए । 'वेडिङ फोटो कम्पिसिटसन २०१२ मा’ डेढ सय प्रतियोगीको सहभागिता थियो भने २०१३ को दोस्रो प्रतियोगितामा ४०० भन्दा बढी प्रतियोगीको सहभागिता थियो । त्यस्तै २०१४ को तेस्रो प्रतियोगितामा ५०० भन्दा बढी फोटो समावेस थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप