बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य ३ सय महंगियो

शुक्रबार, २८ जेठ २०७३, १७ : ४४
शुक्रबार, २८ जेठ २०७३

काठमाडौं– नेपाली बजारमा शुक्रवार सुनको भाउ प्रति तोला ३ सय रुपैयाँ महंगो भएको छ । बिहीवार प्रतितोला ४ सय रुपैयाँ वढेको छापावाल सुनको मुल्य आज थप ३ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला ५५ हजार ९ सय रुपैयाँ पुगेको छ भने तेजावी सुन प्रतितोला ५५ हजार ६ सय ५० रुपैयाँमा कारोवार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले वढेर ७ सय ८५ रुपैयाँ पुगेको छ ।

बिहीवार छापावाल सुन प्रतितोला ५५ हजार ६ सय र तेजावी सुन प्रतितोला ५५ हजार ३ सय ५० रुपैयाँमा कारोवार भएको थियो । अन्तर्राष्ट्रिय बजार मूल्यमा भएको वृद्धिले नेपाली बजारमा पनि सुनको मूल्य वृद्धि भएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप