बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

साताको सेयर : बीमाले उचाल्यो बजार, बन्दको असर देखिएन

शुक्रबार, २८ जेठ २०७३, १८ : ०३
शुक्रबार, २८ जेठ २०७३

काठमाडौं - यो साता समग्रमा सेयर बजारमा ठूलो सुधार देखिएको छ । खासगरि, यो साता बीमा कम्पनीहरुको सेयरमा भएको वृद्धिले समग्र बजार माथि उठाइदिएको छ । यो साता नेप्से परिसूचक १५६६.७० अंकमा पुगेको छ भने बीमा सूचक, कारोवार र नेप्से परिसूचक सवैमा नयाँ रेकर्ड कायम भएको छ । साताभर बजारमा ४८ अंकको वृद्धि देखिएको छ ।

सेयर कारोवारका हिसावले अन्तिम दिन बिहीवार नेकपा माओवादी ( विप्लव )ले राजधानी बन्दको आब्हन गरेपनि त्यसको असर सेयर बजारमा भने देखिएन । बन्दका कारण राजधानीमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन तथा व्यापार व्यवसाय र सरकारी कामकाजमा केही असर परेपनि सेयर बजारमा कुनै असर नपर्दा बजार २० अंकले बढेको थियो । बीमा कम्पनीको सेयरमा उच्च अंकको वृद्धि भएपछि समग्र सेयर वजार माथि उचालिएको थियो । बिहीवार नेप्से सुचक, कारोबार रकम र बीमा सुचकले सबै रेकर्डलाई तोडेका छन् । बीमा सुचक मात्र बिहीवार ५९५.४३ अंकले बढेको थियो ।

यो दिन १३७ कम्पनीको १८ लाख ८८ हजार ३ सय ३९ कित्ता खरिद विक्रिवाट एक अर्ब ८९ करोड ९४ लाख २० हजार ३९ रुपैयाँको सेयर कारोबार भएको थियो । नेपाल लाइफ इन्स्योरेन्सको प्रति कित्ता २९ सय ५१ रुपैयाँमा एफपिओ आउने भएपछि कम्पनीको कारोबार ह्वात्तै बढेको थियो भने नेपाल लाइफको २४ करोड ८ लाख रुपैयाँको सेयर खरिदविक्री भएको थियो । कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रति कित्ता ४०८ रुपैयाँले बढेर कारोबार भएको हो । एनबी बैंकको १९ करोड ७३ लाख, नेशनल लाइफ इन्स्योरेन्सको ११ करोड ३८ लाख, प्रभु इन्स्योरेन्सको ७ करोड ३९ लाख रुपैयाँको सेयर खरिद विक्रिी भएको थियो ।

यस्तै, वुधवार नेप्से परिसुचक १५. ३१ अंकले बढेको थियो भने १ सय ३४ कम्पनीको १६ लाख ५२ हजार ६ सय ३६ कित्ता सेयर खरिद विक्रि भएका थिए । १ अर्व २९ करोड एक लाख ६ हजार ४ सय ७ रुपैयाँको कारोवार भएको वुधवार बीमा समुहको सूचक ३ सय ८८ अंले वृद्धि भएको थियो ।

साताको तेस्रो दिन मंगलवार पनि नेप्से परिसूचक १४.६९ अंकले बढेको थियो भने १ सय ३३ कम्पनीको १६ लाख ६० हजार ९ सय ६७ कित्ता सेयर किनवेचवाट १ अर्व १४ करोड ५५ लाख ७५ हजार ४ सय १५ रुपैयाँको कारोवार भएको थियो । यो दिनपनि बीमा समुहको सूचक ८८.९३ अंकको वृद्धिमा थियो । बैक समुहको १६.९७ विकास बैंकको सूचक १०.८७ अंकले वृद्धि देखिएको थियो ।

सोमवार सेयर बजारमा ३३.६६ अंकले वृद्धि देखिएको थियो । अघिल्लो दिन आइतवार करिव ३५ अंकले गिरावट आएको सेयर बजार सोमवार भने एकैपटक ३३.६६ अंकको वृद्धिले लगानीकर्तामा उत्साह छाएको थियो । बीमा समुहको कारोवारमा भएको वृद्धिले नै वजार माथि उठेको थियो । सो दिन बीकको सूचक १७५.३५ अंकको वृद्धिमा थियो । यो दिन बैंकिङ समूहको सूचक ३८, विकास बैंकको २५.५६, जलविद्युत समूहको सूचक ५७.१६ अंकले वढेको थियो भने होटलका लगानीकर्ताले भने नोक्सानी व्यहोर्नु परेको थियो । सोमवार होटल समूहको सूचक भने ३९ .१४ अंकले घटेको थियो । १ सय ३४ कम्पनीको १६ लाख २२ हजार ६ सय २८ कित्ता सेयर खरिद विक्रिवाट १ अर्व १५ करोड १८ लाख ४४ हजार २४ रुपैयाँको सेयर कारोवार भएको थियो ।

तर, साताको पहिलो दिन आइतवार सेयर बजारमा करिव ३५ अंकको गिरावट थियो । १ सय २८ कम्पनीका २४ लाख ४५ हजार १ सय ५१ कित्ता सेयर किनवेचवाट १ अर्व ३९ करोड १७ लाख ८८ हजार ९ सय २२ रुपैयाँको सेयर कारोवार भएपनि बीमा समूहको सूचक २१९.४७, बैंकिङ सूचक ३५.२१, जलविद्युत १०४ र विकास बैंकको सूचक ४२ अंकले गिरावट आएपछि समग्र वजार प्रभावित भएको हो । आइतवार ७ कम्पनीको सेयर मात्र हरियो भएको थियो । आइतवार सोल्टी होटलका लगानीकर्ताले १० प्रतिशत कमाएका थिए । होटल समुह १३२ अंकले हरियो थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप