बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेपाल विदेशीको इसारामा कहिल्यै चल्दैन : प्रधानमन्त्री ओली

शुक्रबार, २८ जेठ २०७३, १८ : ५४
शुक्रबार, २८ जेठ २०७३

दमक - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अरु कसैले अराउ खटाउ गर्ने देश नभएको बताएका छन् ।

आज नेकपा एमाले दमकको १०औँ नगर अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल स्वाधीन र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको बताउँदै विदेशीको इसारामा कहिल्यै नचल्ने उल्लेख गरे ।

यो गर नगर भनेर बाह्य हस्तक्षेप गर्न छिमेकीले मिल्दैन भन्दै उनले नेपाल आफैँ सार्वभौम रुपमा सम्पन्न भएकाले त्यस्तो अर्ती उपदेश अस्वीकार्य भएको बताए।

आफू प्रधानमन्त्रीमा निर्वाचित हुँदा नाकाबन्दी र मधेसवादी दलले घेरेर मुलुकलाई सङ्कटमा पु¥याउने काम गरेको भए पनि राष्ट्रिय स्वाधीनता रक्षा गर्न आफू एक्लै भएर सक्दो सामना गरेको उनको जिकिर थियो । उनले भने, “नेपालले छिमेकी मुलुकसँगै अन्तर्राष्ट्रिय जगतसँग सधैँ बलियो सम्बन्ध राख्छ ।”

एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सरकार संविधान कार्यान्वयन गरेर स्थानीय निकायसहितका जनप्रतिनिधि कायम गर्न प्रतिबद्ध भएर लागेको छ भने । अधिवेशन उद्घाटन कार्यक्रममा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले एमाले आसन्न निर्वाचन पछि सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित हुने धारणा राखे ।

अधिवेशनले दमक नगर कमिटीको नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप