बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

हत्याको आरोपमा तीन जनालाई जन्मकैद

शुक्रबार, २८ जेठ २०७३, १० : ५७
शुक्रबार, २८ जेठ २०७३

चितवन - जिल्ला अदालत चितवनले तीन जनालाई आज जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालत चितवनका प्रवक्ता गम्भीर घिमिरेका अनुसार जन्मकैद सजाय पाउनेमा नवलपरासी दुम्कीबासका १७ वर्षीय निमे पुनमगर, २० वर्षीय मिलन पुनमगर र भरतपुर नगरपालिका–३ का १७ वर्षीय सन्दिश रानामगर रहेका छन् ।

उनीहरुले बारा गढिमाई–१७ का १८ वर्षीय मनोज खड्कालाई हत्या गरेको पुष्टि भएपछि जन्मकैदको फैसला सुनाइको जिल्ला अदालतका प्रवक्ता घिमिरेले बताए ।

छोराको ज्यान गएपछि बुबा काशीराम खड्काले जिल्ला प्रहरी कार्यालय चितवनमा गएको मङ्सिर १५ गते उनीहरु विरुद्ध उजुरी दिएका थिए ।

गएको मङ्सिर ९ गते राति सुतिरहेको बसभित्र तीन जना युवाले फलामको रड प्रहार गरेर मनोजलाई घाइते बनाएका थिए । उनको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा ज्यान गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप