बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बहुउद्देश्य सिँचाई गर्ने मन्त्री यादवको योजना

शुक्रबार, २८ जेठ २०७३, १० : ०१
शुक्रबार, २८ जेठ २०७३

धुलिखेल – सिँचाइ मन्त्री उमेशकुमार यादवले अबको सिँचाइ योजनाहरु बहुउद्देश्य हुने बताएका छन् । कृषिका लागि मात्र सिँचाई होइन, त्यसबाट अन्य योजनाका कामहरु निकाल्न सकिने बताउँदै उनले जल विद्युतका लागि ड्याम बनाउँदा त्यसबाट सिचाइ गरे जस्तो सिचाइ प्रयोजनका लागि बनाइने नहर, बाँध, पोखरी, इनारहरुमा माछा पालनदेखि लिएर तरकारी खेती, कुखुरा तथा माछा पालन गर्न सकिने बताएका हुन् ।

सिचाई विभागले शुक्रवार सिचाईका भावी कार्ययोजनाको बारेमा आयोजना गरेको दुई दिने राष्ट्रिय कार्यशाला गोष्ठीलाई उद्घाटन गर्दै उनले सिचाइका लागि बनाइएका नहरमा माछा पाल्न सकिने बताए।

नहरको पानीले सिचाइ भए जस्तै त्यसमा पालिएका माछाबाट थप आम्दानी गर्न सकिने उल्लेख गर्दै उनले सिचाइका लागि खनिएका पोखरीमा तल्लो लियरमा घोँघी पाल्न सकिन्छ भने अर्को दुई लियरमा माछा पाल्न सकिने बताए । सोही पोखरीको डिलमा कुखुरा तथा बँगुर पालन पनि गर्न सकिने तथा कुखुरा, बँगुरबाट निस्किएको फोहर माछाको आहाराको रुपमा प्रयोग गर्न सकिने बताए ।

सिचाई क्षेत्रमा काम गर्ने थुप्रै सम्भावनाहरु भए जस्तै त्यसका चुनौतिहरु पनि रहेको उल्लेख गर्दै उनले ती चुनौतिहरुसँग सामना गर्न कर्मचारीहरुलाई निर्देशन दिए । देशमा ठूलो परिवर्तन भएपनि देशी विदेशीले यसलाई फेल गर्न लागेको आरोप लगाउँदै उनले नेपालमा पानीको क्षेत्रमा ठूलो राजनीतिक हुने गरेको बताए ।

देश संघीयतामा गइसकेपछि सिचाई प्रणालीलाई कसरी व्यवस्थापन गर्ने बारेमा पनि चुनौतिहरु देखिएको बताउँदै उनले यस क्षेत्रमा पनि कार्य गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

दुई दिनसम्म चल्ने कार्यशाला गोष्ठीमा ११ वटा कार्यपत्रहरु प्रस्तुत हुनेछ भने त्यसमा विभिन्न प्राविधिक तथा विज्ञहरुले छलफल गरि शनिवार भावी कार्ययोजना तयार गर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप