बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

स्थानीय निकायको निर्वाचनमा लाग्न कार्यकर्तालाई कांग्रेसको निर्देशन

शुक्रबार, २८ जेठ २०७३, ११ : ०३
शुक्रबार, २८ जेठ २०७३
दमक - नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निकट भविष्यमा हुने स्थानीय निकायको निर्वाचनमा तयारीका साथ लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ७ ले दमकमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिटौलाले संविधान कार्यान्वयन गर्न पनि स्थानीय निकायसहित प्रदेश सभाको निर्वाचन गर्न जरुरी भएको बताए ।

उनले तोकिएको समयसीमाभित्र संविधान कार्यान्वयन गर्न दल लाग्नुपर्ने जिकिर गरे ।

उनले नयाँ संविधान काँग्रेसकै नेतृत्वमा आएको र यसको कार्यान्वयन गर्न पनि काँग्रेसले वैचारिक रुपमा नेतृत्व लिने दाबी गरे ।

काँग्रेसका पूर्व महामन्त्रीसमेत रहेका नेता सिटौलाले सरकार संविधान कार्यान्वयन गर्न दलीय सहकार्य गर्न नसकेको जिकिर गरे ।

भेटघाट कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष तथा सांसद नगेन्द्र कुमाल, सांसद महेन्द्रकुमारी सुब्बालगायतले काँग्रेसलाई बलियो बनाउन हरेक कार्यकर्तामा जिम्मेवारी आएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप