बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सरकार गिराउनेभन्दा राष्ट्रिय सहमति बनाउनतर्फ लाग्नुपर्छ : प्रचण्ड

शुक्रबार, २८ जेठ २०७३, १९ : ०७
शुक्रबार, २८ जेठ २०७३

सुर्खेत -नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले सरकार गिराउनतर्फ नलागी सबै दल राष्ट्रिय सहमति बनाउनेतर्फ लाग्नुपर्ने बताएका छन् ।

प्रदेश नं ६ को पार्टी एकता भेलाका लागि आज सुर्खेत आएका अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमा सहमतिका लागि आफ्नो दल हदैसम्म लचिलो भएको जानकारी दिँदै मुलुकको अहिलेको आवश्यकता भनेको राष्ट्रिय सहमति नै भएको स्पष्ट गरे ।

संविधान कार्यान्वयन, मधेस तथा थारुको समस्या समाधान, पुनःनिर्माण र विकास गर्न प्रमुख दलबीच राष्ट्रिय सहमतिको आवश्यकता रहेको उल्लेख गरे। अबको केही दिनभित्र मधेस समस्या समाधान हुने जिकिर गर्दै उनले मधेसवादी दलका नेताहरू पनि अब सहमतिको अवस्थामा आएकाले मधेस समस्या समाधान गर्न धेरै समय नलाग्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप