बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विश्वकै होचा जोडीको अनौठो प्रेम कहानी

शुक्रबार, २८ जेठ २०७३, १९ : १३
शुक्रबार, २८ जेठ २०७३

ब्रासिलिया – ब्राजिलका पाउलो ग्राबियल र सिल्वा बैरोसको भेटघाट सामाजिक सञ्जालमा भएको थियो । त्यसपछि उनीहरुले म्यासेन्जरमा च्याट सूरु गरे । दुबैको उचाई ३ फिटभन्दा कम छ । केही दिन डेटिङ गरेपछि उनीहरुले बिहे गरे । अहिले उनीहरु अन्य सामान्य जोडीको जस्तै जीवन बाँचिरहेका छन् । तर उनीहरुको प्रेम कहानी सजिलो भने छैन् । पहिलो पटक सिल्वाले समाजिक सञ्जालबाट पाउलोलाई ब्लक नै गरेकी थिइन् ।

सिल्वाले सुरुआतमा पाउलोसँग च्याटमा कुरा गर्दा निकै रिसाएको बताइन् । उनलाई पाउलोले जिस्कदैँछन् भन्ने लागेको थियो । त्यसैले उनले ब्लक गरिदिइन् । कुरा यही सकियो । तर १८ महिनापछि फेरि उनले पाउलोलाई अनब्लक गरिन् । त्यसपछि फेरि च्याट सूरु भयो । पाउलो उनलाई भेट्न आए र उनले प्रेम प्रस्ताव राखे । सिल्बा ब्युटिशियन हुन् भने पाउलो लिगल सेक्रेटरीको काम गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप