बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सम्बन्ध सुधारको प्रयास : परराष्ट्रमन्त्री थापा र स्वराजबीच भेट

शुक्रबार, २८ जेठ २०७३, २३ : २०
शुक्रबार, २८ जेठ २०७३

काठमाडौं – तीन दिने भारत भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् । आजै भारत पुगेका थापाले स्वराजलाई भेट गरेका हुन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भेटवार्ताको तस्विर सार्वजनिक गरेका थिए ।

भ्रमणमा निस्कनअघि थापाले भारत भ्रमणमा दुई देशबीच चिसिएको सम्बन्ध सुधारको प्रयास गर्ने बताएका थिए ।

भेटघाटबारे ट्विट गर्दै थापाले स्वराजसितको भेट उपयोगी र रचनात्मक भएको बताएका छन्।

थापा भोली दक्षिण एसियाली विश्वविद्यालयको दिक्षान्त समारोहमा भाग लिने छन् । उक्त समारोहमा स्वराज पनि उपस्थत हुने छिन् ।

भारत भ्रमणका दौरान अन्य राजनीतिक भेटघाट पनि हुने बतायइको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप